प्रतिबन्ध गरिएका देशबाट ६१ नेपाली काठमाडौँ

  Sampatti News

March 21, 2020

काठमाडौं । नेपाल सरकारले प्रतिबन्ध घोषणा गरेका देशबाट नेपालीहरु काठमाडौँ भित्रिएका छन् ।


नेपाल सरकारको प्रतिबन्द उल्लघंन गर्दै विदेशी विमान कम्पनीले ६१ जना नेपालीलाई काठमाडौं ल्याएका हो ।

अध्यागमन विभागकाअनुसार थाइ एयरवेजले ४९ र एयर इण्डियाले १२ जना नेपालीलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ल्याएका हुन् । उनीहरुलाई खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रस्थित क्वारेन्टाइनमा पठाइएको छ ।

दुबई कतार लगायतका देशहरुमा रहेका नेपालीहरु थाईल्यान्ड र इन्डीया लगायत अन्य प्रतिबन्ध नलगाएका मुलुकको ट्रान्जिट बनाएर उनीहरु नेपाल आएको विभागले जनाएको छ ।

प्रकाशित मिति:March 21, 2020