स्वास्थ्य मन्त्रालयमा महत्वपुर्ण जिम्मेवारी हेरफेर

  Sampatti News

January 12, 2022

स्वास्थ्य मन्त्रालयमा महत्वपुर्ण जिम्मेवारी हेरफेर

काठमाडौँ-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महत्वपुर्ण जिम्मेवारीमा रहेका प्रशासकको जिम्मेवारी हेरफेर गरेको छ ।

मन्त्रालयले केही उच्च अधिकारीहरूको जिम्मेवारी हेरफेर गरेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीलाई कोभिड-१९ युनिफाइड(वीर अस्पताल)को जिम्मेवारी दिइएको छ ।

नयाँ सङ्गठन संरचनाअनुसार वीर अस्पतालको नेतृत्व १२ औँ तहका प्रमुख विशेषज्ञले गर्ने व्यवस्था छ ।

यस्तै औषधि व्यवस्था विभागका नारायण ढकाललाई औषधि प्रयोगशालामा पठाएर त्यहाँको महानिर्देशकमा भरत भट्टराईलाई जिम्मेवारी दिइएको छ ।

लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. विकास देवकोटालाई मन्त्रालय तान्नका लागि सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरिएको छ भने उनको ठाउँमा डा.राजेन्द्र खनाललाई सिफारिस गरिएको छ ।

कर्णालीमा स्वास्थ्य निर्देशक रहेका डा.रविन खड्कालाई वीरमा सरुवा गरिएको छ ।

राष्ट्रिय एचआइभी एड्स नियन्त्रण केन्द्रकी निर्देशक सुधा देवकोटालाई केन्द्रीय कारागार अस्पताल पठाइएको छ भने एचआइभी एड्स नियन्त्रण केन्द्रमा डा.सञ्जय ठाकुरलाई जिम्मेवारी दिइएको छ ।

राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशक डा.प्रकाश शाहलाई कर्णाली प्रदेशमा सरुवा गरेर त्यहाँको जिम्मेवारी डा.श्रीराम तिवारीलाई दिइएको छ ।

मंगलबार स्वास्थ्य मन्त्री विरोध खतिवडाले मन्त्री स्तरीय निर्णय गर्दै ती अधिकारीहरूको जिम्मेवारी हेरफेर गरेका हुन् ।

स्वास्थ्य मन्त्रालयमा महत्वपुर्ण जिम्मेवारी हेरफेर

प्रकाशित मिति:January 12, 2022