कोरोना संक्रमित युवतिको घरमा पुग्यो स्वास्थ्यमन्त्रायको टोलीः उनी चढेको जहाजका यात्रुहरुको खोजि सुरु

  Sampatti News

March 23, 2020

काठमाडौँ । फ्रान्सबाट नेपाल आएकी एक यूवतीमा कोरोना संक्रमण देखिएको छ ।

यूवती कतार एयरवेजको जहाजबाट चैत ४ गते त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतार भएकी थिइन् । उनी फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएको मन्त्रालयको स्रोतले जनाएको छ ।
संक्रमित यूवति फ्रान्सबाट आएपछि कुनै लक्षण नदेखिएकाले होम क्वारेन्टाइनमा बसिरहेकी थिइन् । यही क्रममा उनलाई खोकी र ज्वरोको लक्षण देखिन थालेपछि परिवारका सदस्यले निजी गाडीमा राखेर टेकु अस्पतालमा कोरोना परीक्षणका लागि लगेका थिए ।


उनी परीक्षणका नमुना दिएर घर फर्किएकी थिइन् । कोरोना परीक्षण जाँचमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले स्वास्थ्य मन्त्रालयमा खबर गर्याे, मन्त्रालयको पहलमा राति बाह्र बजे नै उनलाई एम्बुलेन्स खटाएर अस्पताल ल्याइएको थियो ।
कारोना संक्रमण भएपछि उनका परिवार सदस्यलाई होम क्वारेन्टाइनमा राखेको बताइएको छ । साथै मन्त्रालयको टोली अन्य खोजीको लागि उनको घरमा पुगेको छ ।


मन्त्रालयले उनी आएको कतार एवरवेजमा कति यात्रु आएका थिए? उनीहरू कहाँ कहाँ गए? कहाँ छन् भन्ने जानकारी लिइरहेको बताएको छ । त्यसबाहेकका ती महिलाको सम्पर्कमा आएक सबैलाई खोजीगरी चेकजाँच तथा क्वारेन्टाइनमा बस्न मन्त्रालयले निर्देशन दिएको छ ।
करिब दुई महिनापछि दोस्रो पटक एक नेपालीलाई कोरोना भाइरस (कोभिड(१९) संक्रमण देखिएको पुष्टि भएको हो । पहिलो पटक माघ ८ गते चीनको वुहानबाट आएका एक नेपालीमा संक्रमण देखिएको थियो । उनी निको भएर घर फर्किसकेका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाको कारण सबै त्रसित भईरहेको अवस्थामा यूवतीमा कोरोना संक्रमण भएपछि सबै आत्तिरहेका छन् तर सरकारले यो अवस्थामा आत्तिन भन्दा पनि संयमित रहन आग्रह गरेको छ । अन्यदेशहरुमा पनि कोरोना संक्रमित मान्छेहरु निको भईरहेको र पहिला पनि एक नेपालीमा संक्रमण भएर निको भएको कारण पनि हामी नआत्तिएर संयमित हुनुपर्ने हुन्छ ।


कोरोना नियन्त्रणका लागि सरकारले गरेका निर्देशनहरु सबैले पालना गर्ने हो भने नेपालमा कोरोनाले जटिल अवस्था ल्याउन सक्दैन । त्यसैले हामी सबै सजग र सचेत भई बस्नुपर्ने हुन्छ । कोरोना संक्रमणको शंका लागेका सुरक्षित तवरले परिक्षणमा जानुपर्ने हुन्छ ।


आजसम्म प्रयोगशालाले ६ सय १२ नेपालीको कोरोना परीक्षण गरिसकेको छ । सामान्य ज्वरो आउँदैमा र रुघाखोकी लाग्दैमा आत्तिहाल्नु पर्दैन तथापी शंका लागेमा परिक्षण गर्यो भने राम्रो हुन्छ ।

प्रकाशित मिति:March 23, 2020