दुई सहसचिव राई र पोख्रेलको सचिवमा बढुवा केहिको सरुवा

  Sampatti News

April 16, 2020

काठमाडौँ। सरकारले दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।

सहसचिव अर्जुन पोखरेल र सागरकुमार राईलाई मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गर्ने निर्णय गरेकाे हाे ।

इन्जिनियरिङ सेवातर्फका राईलाई नेपाल ट्रस्टको कार्यालयमा पदस्थापन गरिएको छ । हालका नेपाल ट्रस्टका सचिव रामकृष्ण सापकोटालाई राष्ट्रिय भुकम्प प्राधिकरणमा सरुवा गरिएको छ।
प्रशासन सेवातर्फबाट सचिवमा बढुवा भएका पोखरेललाई प्रदेश नम्बर २ को प्रमुख सचिवमा पदस्थापना गरिएको छ।

यस अघि पोख्रेल अर्थ मन्त्रालयको लामो अनुभव सगाल्नुभएका प्रशासककाे रुपमा चिनिनुहुन्छ भने राई नेपालको सिचाइ क्षेत्रको दरिलो अनुभव सहितको प्राबिधिक कुशल प्रशासक रुपमा चिनिनु हुन्छ ।

प्रदेश नं. २ का प्रमुख सचिव रामकृष्ण सुवेदीलाई सुदूर पश्चिम प्रदेशको प्रमुख सचिवमा सरुवा गरिएको छ ।

प्रकाशित मिति:April 16, 2020