नेपाली कांग्रेसले प्रदेश नम्बर २ मा सबै उम्मेदवार टुंगो लगायो

  Sampatti News

November 21, 2018

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले प्रदेश नम्बर २ अन्तर्गत स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि १३६ वटै तहमा पार्टीको उम्मेदवार टुंगो लगाएको छ ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा राजधानीबाहिर हुनुभएकाले  टुंगो लगाइएका उम्मेदवारको नाम भने शुक्रबार मात्रै  सार्वजनिक गरिने जनाइएको छ  ।

नेपाली कांग्रेसका अनुसार निर्वाचनमा  प्रचार-प्रसार गर्नको लागि भनेर ठूला आमसभा भन्दा पनि मतदाताको घरदैलो जाने कार्यक्रमलाई विशेष प्राथमिकताका साथ अगाडी बढाउने बताईएको छ ।

पार्टी कार्यालयले जनाए अनुसार निर्वाचनको तयारीका लागि पार्टीले ८ जिल्लाका सबै तहमा प्रचार-प्रसार  समिति गठन गरि ति जिल्लाहरुमा सन्चार केन्द्र स्थापना गर्ने र  प्रचार–प्रचारलाई तीव्रता दिनुको साथै  सबै जिल्लामा केन्द्रीय प्रतिनिधि  खटाउने पनि बताइएको छ ।

प्रकाशित मिति:November 21, 2018