बैंकहरुले सरकारले ताेेकेकै मितिमा कर बुझाउने

  Sampatti News

June 19, 2020


काठमाडौँ । बैंकहरूले सरकारलाई समयमै कर बुझाउने निर्णय गरेका छन् ।

सर्वोच्च अदालतले असार ७ गते कर बुझाउनुपर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरे पनि बैंकरूले भने तोकिएकै समयमै कर बुझाउने निर्णय गरेका हुन् ।

कर बुझाउने नागरिकको दायित्व भएको र सोहीअनुसार बैंकहरूले सरकारलाई समयमै कर बुझाउने निर्णय भएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिएका छन् ।

यो विश्वव्यापी संकटको समयमा हामीहरू मिलेर अगाड िबढ्नुपर्ने दायित्व रहेको बताउँदै राज्यलाई आवश्यक परेको समयमा नागरिकको दायित्व निर्वाह गरौं भन्ने सहमतिअनुसार असार ७ गतेभित्रै कर बुझाउने निर्णय भएको उनले बताए ।

उनका अनुसार केही बैंकहरूले आज देखि नै कर बुझाउन शुरु गर्ने छन् । ‘निर्णय अनुसार चैत र वैशाख महिनामा बुझाउनु पर्ने टीडीएस र दोस्रो किस्ता पनि असार ७ गतेभित्रै बुझाउने निर्णय भएको छ, केही बैंकहरूले भोलिदेखि नै बुझाउनु हुनेछ,’ दाहालले भने ।

बैंक तथा वित्तीय संस्थाहरूको हकमा भने दोस्रो त्रैमासिक अर्थात् पुस मसान्तमा वार्षिक आम्दानीको पूर्वानुमान गरेर सोही आधारमा कर दाखिला गर्ने गरिएको छ ।

यसअघि सरकारले जेठ २५ गतेभित्र कर बुझाउनका लागि सूचना जारी गरेको थियो । लकडाउनको अवधिमा कर बुझाउने सूचनाको विरोध भएपछि सरकारले दुई साता समय थप गरेको थियो ।

प्रकाशित मिति:June 19, 2020