गुल्मीमा पनि काेराेना पुष्टि, संक्रमितको संख्या ३५७ पुग्याे

  Sampatti News

May 18, 2020

काठमाडौं । गुल्मीमा १ जना सहित सोमबार एकैपटक ५३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १/१ जना गरी ६ जना र बाँकेमा मात्र ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

बाँकेमा पुष्टि हुने सबैजनाकाे भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा भएकाे थियाे।
संक्रमितहरु मध्ये ४६ जना पुरुष र एक महिला छन् ।

उनीहरु १८ देखि ३६ वर्ष उमेर समूहका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनीहरुको स्थायी ठेगाना र हालको ठेगानामा कन्ट्याक ट्रेसिङ सुरु गरिसकिएको उनले बताए ।

प्रकाशित मिति:May 18, 2020