म रहेसम्म नेकपा टुक्रिन दिन्नः माधव नेपाल

  Sampatti News

July 1, 2020

काठमाडौं । नेकपाका नेता तथा पूर्व प्रधानमन्त्री माधव नेपालले आफु रहेसम्म नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई टुक्रिन नदिने बताउनु भएको छ ।

वर्तमान नेकपा सचिवालय सदस्य नेपालले आफुरहेसम्म पार्टीलाई विघटन र विभाजनको दिशामा जान नदिने बताउनु भएको हो ।
बागमती प्रदेश नेकपा कार्यकर्ता प्रशिक्षणमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । नेपालमा ७० वर्षको इतिहास बोकेको पार्टीको एकतालाई कसैले भत्काउन नसक्ने उहाँको भनाई छ ।


‘तपाईहरू यहाँ आउदा धेरै आशंका लिएर आउनुभएको छ। पत्रपत्रिकाको समाचारले दिमाग खराव भएको होला, यहाँबाट जाँदा उर्जा लिएर जानुहुनेछ।’ नेपालले भन्नु भयो ।

नेता नेपालले पार्टी एकतामा भइरहेको ढिलाइलाई धेरै पर धकेल्न नहुने समेत बताउनुभयो ।

राष्ट्रिय सभा सदस्य छनौटलाई लिएर बुधबारदेखि नेकपामा विवाद चुुलिएको छ। अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओली युवराज खतिवडालाई नै निरन्तरता दिने पक्षमा छन् भने अर्का अध्यक्ष प्रचण्डसहित माधव नेपाल र झलनाथ खनालले बामदेव गौतमलाई अघि सारेका छन्।

यही कारण नेकपा विभाजित हुन सक्ने आशंका बढेका बेला नेता नेपालले यस्तो बताउँनु भएको हो ।
माधव नेपाल पछिल्लो समयमा पार्टी र जनता दुवैको लागि सकरात्मक सोचाईले अगाडी बढीरहनु भएको छ । उहाँका यस्तै विभिद सकरात्मक र विकासात्मक अभिव्यक्ति र क्रियाकलापको कारण यतिबेला निकै नै लोकप्रिय नेता बन्न पुग्नु भएको छ । साथै पार्टीका लागि पनि एक खम्बाको रुपमा भूमिका निर्वाह गर्नुभएको छ ।

प्रकाशित मिति:July 1, 2020