सडक विभागका सिडिई विरुद्ध विशेष अदालतमा मुद्धा दायर, २ करोड माथिको अकूल सम्पत्ति

  Sampatti News

July 10, 2020

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा सडक विभागका सिनियर डिजिनल ईन्जिनीयर जितेन्द्र शाक्यविरुद्ध विशेष अदालतमा बिहिबार मुद्धा दायर गरेको छ । उनी हाल सडग विभाग अन्तर्गत हाल मध्यपहाडी लोकमार्ग सडक आयोजना तुल्सीपुर दाङमा कार्यरत रहेका थिए ।

आयोगले शाक्यका बारेमा लामो समयदेखि अनुसन्धान गरेको र सोही आधारमा अकूत सम्पत्ति कमाएको ठहर गर्दै मुद्दा दायर गरेको हो। आयोगको स्रोत अनुसा सिनियर डिभिजनल इञ्जिनीयर शाक्यमाथि एक सय पाँच वटा नक्कली कोटेशन बनाई रु पाँच करोडभन्दा बढी भ्रष्टाचार गरेको अभियोग लागेको थियो । सार्वजनिक सेवामा २०३४ साल साउन २ गते प्रवेश गरेका शाक्यको २०७६ असार ३१ गतेसम्मको सम्पत्तिको जाँच गरेको थियो।

आयोगको अनुसनधान अनुसार रु एक करोड ५६ लाख ६ हजार ४ सय ८० बराबरको आय वैध रहेको पाइएको छ। सोही अवधिमा शाक्यले रु ३ करोड ८१ लाख १० हजार ४ सय ९० बराबरको लगानी तथा खर्च गरेको पाइएको छ। आयोगका अनुसार वैध सम्पत्तिको तुलनामा रु २ करोड २५ लाख चार हजार १० बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएको छ।

अवैध रुपमा आर्जन गरेको सम्पत्ति सिनियर डिभिजनल इञ्जिनीयर शाक्यले श्रीमती मिथिला, छोरीहरु ज्योत्सना र उन्नतिको नाममा घर जग्गा खरिद गरेको, बैंकमा जम्मा गरेका, सवारी साधन खरिद गरेको पाइएको छ। आयोगले सिनियर डिभिजनल इञ्जिनीयर शाक्य, उहाँका श्रीमती मिथिलाको नाममा रहेको सम्पत्ति जफत गरी हदैसम्मको कारवाहीको माग गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो।

प्रकाशित मिति:July 10, 2020