नेपाली राष्ट्रिय क्रिकेट टोलीको दोस्रो अभ्यास खेलमा फराकिलो जीत

  Sampatti News

November 21, 2018

विश्व क्रिकेट लिग डिभिजन–२ को प्रशिक्षणका लागि यूएईमा रहेको नेपाली क्रिकेट टोलीले त्यहाको घरेलु टोलि संग खेलेको दोस्रो अभ्यास खेलमा जीत हात पारेको छ ।

पहिले ब्याटिंग गर्न उत्रेको नेपाली टोलीले ५० ओवरमा ५ विकेट गुमाई ३ सय ३३ रन बनाउन सफल भएको थियो । नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले सतकीय पारि खेलेका थिए । उनले १३१ बलमा १५४ रन बनाएका थिए भने दिलीप नाथसँग मिलेर पहिलो विकेटको लागि १ सय ४२ रनको उत्कृष्ट साझेदारी गरेका थिए। ब्याटिंग गर्ने क्रममा दिलीप नाथले ६४, दीपेन्द्रसिंह ऐरीले ३४ , आरिफ शेख ४१ रनको योगदान दिएका थिए।

३ सय ३४ रनको लक्ष्य पाएको युएइ १ सय ४० रनमा अलआउट भएको थियो । युएइको तर्फ बाट सबै भन्दा धेरै महम्मद कसीमले ४४ रन जोड्न सफल भएका थिए भने अन्य ब्याटसम्यानले खासै रन जोड्न सकेनन्। नेपालको तर्फ बाट सन्दिप लामिछानेले ४ विकेट लिएका थिए।

यसअघी भएको पहिलो अभ्यास खेलमा पनि नेपालले जित दर्ता गरेको थियो । युएइ ‘ए’ संग ३ अभ्यास खेल खेल्न युएइ गएको नेपाल अब आफ्नो अन्तिम अभ्यास खेल पछि त्यतै बाट विश्व क्रिकेट लिग डिभिजन–२ खेल्न नामिबिया जानेछ।

प्रकाशित मिति:November 21, 2018