विवादित चलचित्र पद्मावत आज बाट रिलिज

  Sampatti News

November 22, 2018

विवादका कारण रिलिज मिति सर्दै आएको बलिउड चलचित्र पद्मावत आज बिहिबार बाट रिलिज भएको छ । अभिनेता रणवीर सिंह, साहिद कपूर र अभिनेत्री दीपिका पादुकोनको मुख्य भूमिका रहेको चलचित्र पद्मावतका निर्देशक संजयलिला भन्साली हुन् । रानी पद्मावतीको कथामा आधारित यस चलचित्र २ सय करोड भन्दा बडी लागतमा बनेको  यस चलचित्रका निर्माताले बताएका छन्।

पद्मावतको रिलीज हुनुभन्दा अगाडि भारतका केही ठाउँहरुमा सुरक्षा व्यवस्था कडा गरिएको छ। चलचित्रमा एक हिन्दु रानी र एक मुसलमान राजाको बीचमा रोमान्स चित्रण गरिएको भन्दै राजपुत कर्नी सेना नाम गरेको संगठनले बिरोध गर्दै आएको छ। कर्नी सेनाले चलचित्रका कलाकार र निर्देशकलाई हातखुट्टा भाच्दिने र ज्यान मार्ने सम्मको धम्कि दिएका थिए।बिरोधको कारण चलचित्र पद्मावतको रिलिज मिति २ महिना पछि सरेको हो।

प्रकाशित मिति:November 22, 2018