अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले लिए

  Sampatti News

September 5, 2020

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा डा युवराज खतिवडाले सम्हाल्दै आएका अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले सम्हाल्ने गरी तोकेका छन्। योसँगै प्रधानमन्त्रीले तीनवटा मन्त्रालय सम्हाल्ने भएका छन्।

मौजुदा मन्त्रिपरिषद्का सदस्य डा खतिवडाले नेपालको संविधानको धारा ७७ को उपधारा २ को खण्ड क बमोजिम पदबाट राजीनामा दिएपछि राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गरी जनाएको छ।

प्रकाशित मिति:September 5, 2020