नक्कली भ्याट बील बनाई राजस्व छल्ने १५ जना विरुद्ध मुद्दा

  Sampatti News

January 11, 2021

काठमाडौँ — नक्कली भ्याट बील बनाई राजस्व छलि गर्ने १५ जना विरुद्ध उच्च राजस्व अनुसन्धान विभागले अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले उनीहरुसँग एक अर्ब ३४ करोड रुपैयाँ बिगो र कैद सजाय मागदाबी पनि गरेको छ ।

न्यू सयपत्री इन्टरप्राइजेज नाम फर्म खडा गरेर कर छलेको आरोपमा विभागले विवेक मगरसहित १३ वटा फर्मका सञ्चालकमाथि मुद्दा दायर गरेको छ । त्यसैगरी त्यो फर्मसँग कारोबार गर्ने मनिष कुमारसहित १५ जनामाथि एक अर्ब २२ करोड रुपैयाँ मागदाबी गरिएको विभागले जनाएको छ । उनीहरुले कमजोर आर्थिक अवस्था भएका मजदुर लगायतका व्यक्तिहरुलाई प्रयोग गरी विभिन्न फर्म स्थापना गरेका थिए । उनीहरुले ६ वर्षअघिदेखि यस्तो काम गरेको विभागको आरोप छ ।

त्यसैगरी अर्को संकित जनरल सप्लायर्सका सञ्चालक सुबोध साहमाथि विभागले १२ करोड ७५ लाख रुपैयाँ कर छलेको आरोपमा बिगो र जरिवाना मागदाबी गरेको छ ।

प्रकाशित मिति:January 11, 2021