नेपाल बङ्गलादेश बैंक र हिमाल डेन्टल हस्पिटलबीच सम्झौता

  Sampatti News

March 9, 2021

काठमाडौँ । नेपाल बङ्गलादेश बैंक र हिमाल डेन्टल हस्पिटलबीच सो बैंकका कर्मचारी, कर्मचारीका परिवार तथा सम्पूर्ण खातावालाहरुले उपचार गराउँदा खर्च भएको रकमको २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने गरि सम्झौता भएको छ ।
उक्त सम्झौतामा बैंकको तर्फबाट सहायक महाप्रबन्धक सलोनिका सिंह तथा हस्पिटलको तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक डा। राजेन्द्र भट्टले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।
हिमाल डेन्टल हस्पिटलको काठमाडौं उपत्यकामा ५ तथा उपत्यका बाहिर ८ वटा हस्पिटल रहेका छन् । उक्त सबै स्थानबाट छुट प्राप्त गर्न सकिने पनि बैंकले जनाएको छ ।

हाल नेपाल बङ्गलादेश बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।

प्रकाशित मिति:March 9, 2021