जोगियो प्रदेश १ का मुख्यमन्त्री राईको पद

  Sampatti News

March 24, 2021

काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल पक्ष मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिन सहमत भएसँगै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पद जोगिएको छ । एमालेको बुधबार बसेको संसदीय दलको बैठकमा सहभागी माधव नेपाल पक्षधर सांसदहरु तुलसी न्यौपाने, लीलाबल्लभ अधिकारी लगायतका नेताहरुले अविश्वास प्रस्ताव फिर्ता लिन सहमत भएका हुन् ।बैठकले मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदलाई एक साताभित्र हस्ताक्षर फिर्ता लिन पनि निर्देशन दिइएको छ। बैठकमा नेपाल समूहका प्रदेशसभा सदस्यहरु सहभागी रहेका थिए ।
सर्वोच्च अदालतले एमाले र माओवादीलाई पूर्ववत् रुपमा ब्युँताएपछि पहिलोपटक बसेको दलको बैठकले मुख्यमन्त्रीविरुद्ध लगाइएको अविश्वासको प्रस्ताव फिर्ता र संसदीय दलको विधान पनि पारित गरेको छ।संसदीय दलका नेता राईको नेतृत्वमा संसदीय बोर्ड पनि गठन भएको छ । हुनसक्ने बताएका थिए । बैठकले संसदीय बोर्डमा दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतकसहित काजीमान कागते, आशारत्न जवेगु, लीलाबल्लभ अधिकारी, तुलसी न्यौपाने, विमल कार्की, यशोदा अधिकारी, जसमाया गजमेर, ज्ञानेश्वर राजवंशी, बिर्ख प्रधान, अम्बिका थापा र लिलम बस्नेतलगायतलाई मनोनयन गरेको छ ।प्रदेश १ सभामा एमालेका ५१ सांसद छन्, जुन बहुमत हो ।

प्रकाशित मिति:March 24, 2021