बास्कोटाको ‘सुन बाटुली’ निकै चर्चामा

  Sampatti News

December 16, 2021

काठमाडौँ-कालीप्रसाद बास्कोटाको नयाँ गीत ‘सुन बाटुली’ अहिले निकै चर्चामा रहेको छ ।

मंसिर ९ गते युट्युवमा सार्वजनिक भएको उक्त गितमा अहिले २.१ मिलियन भ्यु पुगि सकेको छ ।

अहिले उक्त गित टिकटकभरी छाएको छ ।

‘सुन बाटुली’ बोलको गीतमा स्वर तथा शब्द रचना कालीप्रसाद आफैको हो । म्युजिक प्रोडक्सन सन्नी सुनमको छ ।

प्रेमिकालाई सम्झिएको प्रसंग र उसलाई पाउन प्रेमीले गरेको आग्रहलाई गीतमा उल्लेख छ ।

गीतको भिडियोमा निश्चल बस्नेत र स्वस्तिमा खड्का फिचर्ड छन् ।

भिडियोमा कालीप्रसादलाई पफर्मरका रुपमा देख्न सकिन्छ । भिडियोको निर्देशन निश्चल बस्नेतले गरेका छन् ।

https://youtu.be/JC9MkfGwLIA

प्रकाशित मिति:December 16, 2021