६ जना सिडिओको सरुवा: नुवाकाेटमा नारायण रिसाल

  Sampatti News

February 18, 2022

गृह मन्त्रालयद्वारा ६ जना सिडिओको सरुवा

काठमाडौँ-सरकारले ६ जना सिडिओको सरुवा गरेको छ ।

गृह मन्त्रालयको बैठकले प्रमुख जिल्ला अधिकारीको सरुवा गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयले नुवाकाेटमा नारायणप्रसाद रिसाललाइ प्रजिअकाे जिम्मेवारीमा पठाएकाे छ । यस अघि रिसाल अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगमा प्रवक्ताकाे रुपमा कार्यरत हुनुहुन्थ्याे ।

रिसाल केहि समय अघि गृह मन्त्रालयमा सरुवा हुनु भएकाे थियाे । हाल नुवाकाेट जिल्लाकाे प्रजिअकाे जिम्मेवारीमा सरुवा हुनु भएकाे हाे ।

त्यसैगरी राम बहादुर शाहीलाई जाजरकोट पठाइएको छ ।

त्यहाँका प्रजिअ प्रेम प्रसाद देवकोटालाई बर्दियाको सहायक प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ ।

देवकोटालाई बर्दिया सरुवा गरेसँगै त्यहाँ कार्यरत माधव थापालाई भक्तपुरको सहायकमा पठाइएको मन्त्रालय स्रोतले बताएको छ ।

साथै मन्त्रालयले युवराज कट्टेललाई धनकुटाको प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ ।

त्यहाँ कायम मुकायम रहेका जीवन प्रसाद दुलाललाई मन्त्रालय तानिएको छ ।

हुम्लाका प्रजिअ गणेश आचार्यलाई अध्यागमनमा सरुवा गरिएको छ ।

भक्तपुरकी सहायक परियारलाई मन्त्रालयले हुम्लाको सीडीओ बनाएर पठाएसँगै उनी दलित समुदायबाट सीडीओ बन्ने पहिलो महिला बनेकी छिन् ।

यसैगरी कृष्ण बहादुर खड्काको रुकुम पूर्व खटाइएको छ भने भक्तपुरकी सहायक प्रमुख जिल्ला अधिकारी सीता परियारलाई हुम्लाको प्रजिअको जिम्मेवारी दिइएको छ ।

गृह मन्त्रालयद्वारा ६ जना सिडिओको सरुवा

प्रकाशित मिति:February 18, 2022