संखुवासभा दुर्घटना: चालक-सहचालक सहित १४ जनाको मृत्यु

  Sampatti News

March 10, 2022

संखुवासभा दुर्घटना: चालक-सहचालक सहित १४ जनाको मृत्यु

धरान -संखुवासभामा भएको बस दुर्घटना चालक र सहचालक सहित १४ जनाको मृत्यु भएको छ ।

संखुवासभाको मादी नगरपालिका-६ सातघुम्तीमा भएको दुर्घटनामा बसका चालक र सहचालक सहित १४ जना यात्रुको मृत्यु भएको हो ।

संखुवासभाको मादीबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा मृत्यु भएका १४ जनामध्ये १० जनाको सनाखत भएको छ ।

सनाखत हुनेमा चालक तेह्रथुम औशीडाँडाका ३५ वर्षीय बिपिन निरौला र सहचालक संखुवासभा मादी नगरपालिका-४ का अन्दाजी ३५ वर्षका उमेश भट्टराई, मादी नगरपालिका-६ कि ६ बर्षकी अञ्जना कटवाल, ३८ वर्षीय ईन्द्रबहादुर अधिकारी, ५ वर्षीय दीक्षा कटवालको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै अरु मृतकहरुमा मादी नगरपालिका-५ का ४५ वर्षीय दीपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा, ५५ वर्षीय भवानी दाहाल, ३८ वर्षीय आइतबहादुर तामाङ, ३५ वर्षीय सबिता राउत कार्की रहेका छन् ।

अझै एक पुरुष, दुई महिला र एक बालकको पहिचान खुलेको छैन ।

प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाका अनुसार दुर्घटनामा घाइते भएकामध्ये पाँच जनालाई हेलिकप्टरबाट उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

संखुवासभा दुर्घटना: चालक-सहचालक सहित १४ जनाको मृत्यु

प्रकाशित मिति:March 10, 2022