पाटे बाघ मृत फेला

  Sampatti News

March 22, 2022

बर्दियाको मधुवन नगरपालिका–२ स्थित जनजागृति सामुदायिक वनमा एउटा पाटे बाघ मृत फेला परेको छ ।

डिभिजन वन कार्यालय बर्दियाका अनुसार सोमबार बेलुका बाघ मृत फेला परेको हो ।

कुहिएको अवस्थामा फेला परेकाले उक्त बाघ करिब एक हप्ता अगाडि नै मरेको हुनसक्ने अनुमान गरिएको छ ।

जङ्गलमा कुहिएको जस्तो गन्ध आएपछि खोजी गर्दा बाघ मृत फेला परेको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत द्रोण शर्माले जानकारी दिनुभयो ।

बाघको शव परीक्षणका लागि सदरमुकाम गुलरिया ल्याइएको छ । बाघको मृत्युको कारण खुल्न बाँकी छ ।

प्रकाशित मिति:March 22, 2022