सिरहाको सलहेश फूलबारीमा आज विशाल मेला – नयाँ वर्षको दिनमात्र फुल्ने फूल

  Sampatti News

April 14, 2022

काठमाडौं- सिरहाको लहान नगरपालिकामा पर्ने सलहेश फूलबारीमा आज विशाल मेला लागेको छ ।
यहाँ मधेसका विभिन्न जिल्ला र भारतबाट पनि मेला हेनआउने गरेका छन् ।

सलहेश फूलबारीमा हरेक वर्ष न्याँ वर्षको अवसरमा मेला लागिन्छ । सलहेश फूलबारी करिब नौ बिघामा फैलिएको छ ।
सलहेश फूलबारीमा रहेको हारम प्रजातिको बोटमा हरेक वर्ष वैशाख १ मा फूल्ने यो फूल हेर्न र फोटोरभिडिओ खिच्न फूलबारीमा बिहानैदेखि ठूलो भीडरहेको छ ।

दुसाध र दनुवार जातिका इष्ट देवता हुन सलहेश । उनकै नामबाट फूलवारीको नाम ‘सलहेश फुलबारी’ रहन गएको स्थानीय बताउँछन् । फूलबारीको मध्यभागमा रहेको हाराम प्रजातिको बोटको हाँगामा विगत जस्तै यसवर्ष पनि माला आकारको सेतो फूल फूलेको छ । अचम्म के छ भने साँझपख फूल ओइलाएर जान्छ ।

उक्त बोटमा सातौं(आठौं शताब्दीदेखि नै फूल फूल्दै आएको बुढापाका बताउँछन् । यहाँ भाकल गर्दा मनोकामना पूरा हुने जनविश्वास छ । भारत विहारको मधुवनीबाट आएकी सरियादेवी भन्छिन्, ‘लामो समयदेखि सन्तान पाइनन् ।

परोसीले फूलबारी मेला गएर भाकल गर्दा सन्तान हुने भनेपछि ५ वर्ष अगाडि आएको थिएँ । भाकल गर्दा छोरा पाएँ । त्यसैले आज छोराको मुण्डन गराउन यहाँ आएकी छु ।’

फूलबारीमा हारामको बोटनजिकै सहलेस महाराजा तथा मालिनीको मन्दिर ९गहबर० छ । यही मन्दिरमा आएर भाकल गर्दा मनोकामना पूरा हुने गरेको विश्वास छ ।

स्थानीय संजय यादव भन्छन्, ‘फूलको बोटमा फूल फूल्नु कुनै अनौठो विषय होइन तर एकै रुखमा प्रत्येक वर्ष एक दिन मात्र माला आकारको फूल फूल्ने गरेको देख्दा अनौठो लाग्नु स्वाभाविक हो । त्यसैले यहाँ हरेक वर्ष मेला भर्न टाढा टाढाबाट मानिस आइपुग्छन् ।’

प्रकाशित मिति:April 14, 2022