भारतीय बक्स अफिसमा ‘केजीएफ-२’चार दिनमा कमाइ ३ सय ८२ करोड भन्दा बढी

  Sampatti News

April 20, 2022

काठमाडौं – भारतीय बक्स अफिसमा कन्नड फिल्म ‘केजीएफ च्याप्टर २’को दबदबा बढेको बढ्यै छ ।
भारतको साउथ ‘केजीएफ च्याप्टर २’ फिल्मले चार दिनको अवधिमा सबै भाषामा गरी झण्डै ४०० करोड भारु कमाइ गरेको छ भने हिन्दी भर्सनमा मात्रै १९५ करोड कमाइ गरेको छ ।

यो चलचित्रको रिलिजको पहिलो साता कुनै पनि हिन्दी डब फिल्मले कमाइ गरेको यो अहिलेसम्मकै बढी हो । यसअघि बलिउड अभिनेता सलमान खानको ‘सुल्तान’ले यस्तो रेकर्ड राखेको थियो ।

गत बिहीबार रिलिज भएको ‘केजीएफ-२’ले शुक्रबार, शनिबार र आइतबार पनि हिन्दी भाषी राज्यमा उछाल व्यापार गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

केजीएफ-२’ले हिन्दी भर्सनमा बिहीबार ५३.९५ करोड, शुक्रबार ४६.७९ करोड, शनिबार ४२.९ करोड र आइतबार ५१ करोड भारु कमाइ गरेको छ । यसरी यो फिल्मले हिन्दी भर्सनमा मात्रै चार दिनमा १९४.६४ करोड कमाएको छ । ‘केजीएफ-२’ले सबै भाषामा गरी चार दिनमा ३८२.५० करोड भारु कमाइ गरेको छ ।

प्रकाशित मिति:April 20, 2022