तेस्रो मदन भण्डारी स्मृति रोड रेस शनिबार

  Sampatti News

April 21, 2022

रन क्लब नेपालको आयोजनामा तेस्रो मदन भण्डारी स्मृति पाँच किमी रोड रेस प्रतियोगिता यही वैशाख १० गते शनिबार हुने भएको छ ।

प्रतियोगितामा पुरुष–महिला खुला र छात्र–छात्रा गरी चार स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त प्रतियोगितामा करिब ४०० खेलाडीको सहभागिता रहने आयोजकको भनाइ छ ।

खुलामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः रु २५ हजार, रु १२ हजार र रु आठ हजार पुरस्कार प्राप्त गर्ने छन् ।

त्यसैगरी छात्र–छात्रामा पहिलो हुने खेलाडीले रु १० हजार, दोस्रोले रु पाँच हजार र तेस्रो हुने खेलाडीले रु तीन हजार पुरस्कार पाउने छन् ।

दौड ठमेलस्थित छायाँ सेन्टरबाट सुरु भई विभिन्न भागको परिक्रमा गरी पुनः सोही स्थानमा आएर टुङ्गिने छ ।

प्रकाशित मिति:April 21, 2022