पोखरामा गठबन्धन उम्मेदवारले २० हजार मतान्तरले निर्वाचन जित्ने

  Sampatti News

April 25, 2022

काठमाडौं-सत्तारुढ गठबन्धनका साझा उम्मेदवार धनराज आचार्यले २० हजार मतान्तरले निर्वाचन जित्ने घोषणा गरेका छन् ।

पोखरा महानगरपालिकाका लागि सत्तारुढ गठबन्धनले नेकपा एकिकृत समाजवादीका धनराज आचार्यलाई साझा उम्मेदवारको रुपमा मनोनयन गरेको छ ।

आज सोमबार निर्वाचन कार्यालय पुगेर मेयरमा उम्मेदवारी दर्ता गराउँदै उनले गठबन्धनको साझा उम्मेदवारका रुपमा आफुले २० हजार भन्दा ठूलो मतान्तरले निर्वाचन जित्ने बताएका छन् ।

काँग्रेस नेता यज्ञ बहादुर थापा र माओवादी नेता हितराज पाण्डेसँगै निर्वाचन कार्यालय पुगेका आचार्यले आफ्नो उम्मेदवारी गठबन्धनको साझा भएको पनि बताए ।

मेयरका उम्मेदवार आचार्यले गठबन्धनका तर्फबाट साझा घोषणा पत्र ल्याउने पनि बताए ।

प्रकाशित मिति:April 25, 2022