कांग्रेसद्वारा धरानका २ जना वागी उम्मेदवारको सदस्यता खारेज

  Sampatti News

May 2, 2022

धरान-नेपाली कांग्रेसले पार्टीको आधिकारिक उम्मेदवारका विरुद्ध अर्को पार्टीवाट उठ्ने २ जनाको साधारण सदस्यता खारेज गरेको छ ।

नेपाली कांग्रेसका सुनसरी जिल्ला सचिव विरेन्द्र साहले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को दफा ३४ (१) अनुसार कारवाही भई उनीहरुको साधारण सदस्यताखारेज भएको बताएका छन् ।

कारवाही पर्नेमा राप्रपावाट वडा अध्यक्षका उम्मेदवार बनेका धरान १ का निवर्तमान वडा अध्यक्ष रोशन अधिकारी र राप्रपावाटै वडा अध्यक्षका उम्मेदवार बनेका धरान १४ का निवर्तमान वडा अध्यक्ष कृष्ण भट्टराई रहेका छन् ।

उनीहरुले पार्टीको आदर्श, सिद्धान्त र नीति विपरित कार्य गरेको, पार्टीको विधान, नियमावलीविपरीत कार्य गरेको, पार्टीको आचारसंहिताउल्लङ्घन गरेको र पार्टीको उम्मेदवारको विरुद्ध उम्मेदवारी दिएकाकारण उनीहरु विरुद्ध पार्टी विधान बमोजिम अनुशासनको कारवाही भएको जिल्ला सचिव साहले बताए ।

प्रकाशित मिति:May 2, 2022