स्केफ नेपालको पुल डिजाइन तालिम सम्पन्‍न

  Sampatti News

June 10, 2022

काठमाडौं । स्केफ नेपालको पुल डिजाइन तालिम सम्पन्‍न भएको छ । सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल इन्जिनियरिङ फिर्म्स (स्केफ) नेपालले निर्माण व्यवसायी महासंघ र निर्माण व्यवसाय विकास परिषद्को सहयोगमा पुल डिजाइसम्बन्धी तालिम सम्पन्न भएको हो ।

स्वीस सरकारको प्राविधिक सहयोगमा सञ्चालित स्थानीय सडक तथा पुल सहयोग ईकाइ अन्तर्गतको मोटरेबल स्थानीय सडक तथा पुल आयोजनाको प्राविधिक सहयोगमा पाँच दिने पुल डिजाइन सम्बन्धी तालिम सम्पन्न भएको जनाइएको छ ।
यो तालिम पुल डिजाइन, निर्माण र सुपरिवेक्षण संलग्न हुन चाहाने तर खासै विशेशज्ञता नभएका सुरुवाती ज्ञान हासिल गर्न चाहाने ईन्जिनियरहरुलाई लक्षित गरेर आयोजना गरिएको थियो ।

यसै क्रममा स्केफ नेपाल र एलआरबीएसयूबीच नेपाली इन्जिनियरहरूको क्षमता अभिवृद्धिकरणको लागि निरन्तर रुपमा यस्ता खालका तालिमहरु आयोजना गर्न सहमति पत्रमा हस्ताक्षरसमेत गरिएको छ । उक्त सहमति पत्रमा स्केफ, नेपालका महासचिव ई.कमल कार्की र एलआरबीएसयूका टिम लिडर ई. सकिल मानन्धरले हस्ताक्षर गरेका हुन् ।

प्रकाशित मिति:June 10, 2022