लोकगायक नवीन पौडेल बागमती प्रदेश सरकारबाट सम्मानित

  Sampatti News Online

July 18, 2022

काठमाडौं । जनचेतनामूलक गीतहरू पस्कँदै आएका लोकदोहोरी गायक नवीन पौडेल बागमती प्रदेश सरकारमार्फत सम्मानित भएका छन् ।

उनले कलाको माध्यमबाट योगदान पुर्याएको भन्दै प्रदेश सरकारले ‘कलाकीर्ति’ पदकद्वारा सम्मानि गरेको जनाएको छ ।

गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेशले आयोजना गरेको कार्यक्रममा गायक पौडेलसहित अन्य विभिन्न विधामा योगदान पुर्याएको भन्दै विभिन्न व्यक्तिहरू सम्मानित भएका छन् ।

डा। सन्दुक रुइत, वैज्ञानिक महावीर पुन लगायत विभिन्न क्षेत्रका ४३ जना व्यक्तिलाई विभिन्न मानपदवीद्वारा सम्मान गरिएको थियो प्रदेश सरकारले जनाएको छ ।

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा, सभामुख सानुकुमार श्रेष्ठ र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गायक पौडेललाई सम्मानित गरेका हुन् ।

गायक पौडेलले यसअघि राष्ट्रपतिबाट ‘सुप्रबल जनसेवाश्री’, संस्कृती पर्यटन मन्त्रालयबाट पचास हजार राशीको बागमती प्रदेशस्तरीय बागमती प्रादेशिक प्रतिभा पुरस्कार’ र केही समयअघि ‘लेउ खुकुरी लेउ’ बोलको भ्रष्टाचार विरोधी गीत गाएवापत अमेरिकास्थित हेम– सरिता फाउन्डेसनबाट एक हजार डलर राशीसहित भ्रष्टाचार विरोधी गीति पुरस्कार प्राप्त गरेका थिए । उक्त सम्मानबाट आफूलाई कला क्षेत्रमा थप जिम्मेवारी बनाएको गायक पौडेलले बताए ।

प्रकाशित मिति:July 18, 2022