पुनः इन्धनको मूल्य घटेर आए

  Sampatti News Online

August 16, 2022

भारतबाट पुनः इन्धनको मूल्य घटेर आएका छन् । भारतीय आयल कर्पोरेसनले मंगलबार नयाँ मूल्य सूची पठाएको अनुसार पेट्रोल १ रुपैयाँ ९४ पैसा र डिजल ४ रुपैयाँ ८४ पैसा घटेर आएको हो ।

यो सँगै भारतबाट तेस्रो पटक इन्धनको मूल्य घटेर आएका छन् । तीन पटक मूल्य घटेर आएपनि निगम घाटामा रहेको भन्दै आयल निगमले इन्धनको मूल्य घटाएको छैन ।
यस अघि साउन १६ गते दोस्रो पटक डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको थियो । त्यस्तै साउन १ गते पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल १६ रुपैयाँ ५६ पैसा घटेर आएको थियो ।

मुल्य घटेर आएसँगै अहिले निगम पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ नाफामा र डिजेलमा ५ रुपैयाँ घाटामा रहेको छ ।

प्रकाशित मिति:August 16, 2022