रिक्त रहेको एक सचिव पदका लागि तीनजनाको नाम सिफारिस

  Sampatti News Online

August 19, 2022

३ भदौ, काठमाडौं । रिक्त रहेको एक सचिव पदका लागि तीनजनाको नाम सिफारिस भएका छन् ।

बढुवा सिफारिस समितिले सहसचिवहरु घनश्याम उपाध्याय, नारायण शर्मा दुवाडी र दिनेश घिमिरेको नाम सिफारिस गरेको हो ।

अब बस्‍ने मन्त्रिपरिषद् बैठकले यी तीनमध्ये एकजनालाई सचिवमा बढुवा गर्नेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिव लक्ष्मण अर्यालको अवकाशपछि एउटा सचिव पद रिक्त थियो ।

सिफारिस भएकामध्ये उपाध्याय ललितपुरको प्रमुख जिल्ला अधिकारी हुन् । यस्तै दुवाडी उद्योग मन्त्रालयमा कार्यरत छन् भने घिमिरे चीनमा महावाणिज्य दूत हुन् ।

प्रकाशित मिति:August 19, 2022