प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचन आयोग जाने

  Sampatti News Online

September 25, 2022

काठमाडौँ । निर्वाचन आचारसंहिता पालनाको प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न देउवा आयोग जान लागेका हुन् । केही बेरमा आयोग जान लागेका प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । 

आयोगले आज आचारसंहिताबारे छलफल गर्न र पालनका लागि प्रदेश र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १२ दललाई छलफलमा बोलाएको छ । 

उनीहरूलाई आचारसंहिता पालनाका लागि प्रतिबद्धतापत्रमा हस्ताक्षर गराउने आयोगको तयारी छ । गृहमन्त्री बालकृष्ण खाँण पनि आयोग जाँदैछन् ।

प्रकाशित मिति:September 25, 2022