यसकारण आवश्यक छ, रौतहटबाट माधबकुमार नेपालको जित

  Sampatti News

November 9, 2022

जनताको बीचमा सुख दुःख बुझ्दै अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

उम्मेदवारी दिएसगै चुनावी चटारोले सबै नेताहरू ब्यस्त छ्न । मतदाता बीचमा एउटै धारणा छ, नेता सबै एउटै हुन, कसलाई जिताउने भन्ने अन्योलताले सबैलाई गाँजेकै छ । यस्तै अन्यौलताको बीच मतदाताहरुको मन आकर्षित गर्न उम्मेदवारहरु आ आफ्नै शैलीले लागि परेका छन् । यसैबीचमा नेकपा एकीकृत समाजवादिका अध्यक्ष पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो जन्मभुमिप्रतिको अगाढ मायाले हुनुपर्छ रौतहट क्षेत्र नम्बर एकबाट उम्मेदवारी दिनुभएका नेता नेपाल सिंगो रौतहटका जनताले माया गरेको नेताका रुपमा चिनिनुहुन्छ ।

रौतहटको मात्र सवाल होइन नेता नेपालको व्यक्तित्वको बारेमा राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमै बुझाई एउटै छ । उहाँ सरल अनि सबैको पहुँचमा पुग्न सक्ने निष्कलंक नेताका रुपमा आफ्नो छवि बनाउनु भएको छ । यस अघिको निर्वाचन पछि नेता नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट पटक पटक अपमानित मात्रै हुनु परेन एमालेलाई यो अवस्थामा पुर्‍याउने नेता नेपालको योगदानलाई चटक्कै भुलेर बिधि अनि पद्धति कुल्चेर निरन्तर अगाडि बढ्दै आफ्नो स्वार्थसिद्ध नहुने भएपछि दुइ पटकसम्म निर्वाचित संसदलाई विघटन गरेसँगै नेपालले त्यसपछि अन्याय नसहने निष्कर्षमा पुग्नुभएको हो । जनताको संसदीय प्रणाली मै धावा बोलेपछि न्यायको लडाईंमा अगाडि बढ्दै जाँदा अहिले फरक पार्टीको अस्तित्व कायम राख्न सफल हुँदै सो पार्टीको नेतृत्वको हैसियतमा नेतृत्व गर्दै रौतहट क्षेत्र नम्बर एक मा उम्मेदवारी दिएका नेपालको उम्मेदवारीलाई राष्ट्रिय रुपमै अर्थपूर्ण रुपमा हेरिएको छ ।
पार्टी अध्यक्ष नेपालको उम्मेदवारी मात्रै नभएर उहाँले कम्युनिष्ट आन्दोलमा पुर्‍याउनुभएको योगदानको सही मुल्यांकन गर्ने बेला यस्तो अवसर रौतहटका जनताले प्राप्त गरेका छन् । देशभर उम्मेदवारहरु घरदैलो गरिरहेका छन् । यस्तो अवस्थामा नेता नेपाललाई मतदान गर्नु र उहाँको विजयको निम्ति मत माग्नु नेपालको लोकतान्त्रिक आन्दोलनलाई स्थापित गराउन सहयोग पु¥याउनु मात्रै होइन निरंकुश शासनका निम्ति गृहकार्य गर्ने प्रवृत्तिका विरुद्ध मत जाहेर गर्ने महत्वपूर्ण अवसरका रुपमा हेरिएको छ ।

स्व. गिरिजाप्रसाद कोइराला समकालीन मै रहेर कम्युनिस्ट आन्दोलन सगसगै लोकतान्त्रिक सघर्षको जगले प्राप्त गणतान्त्रिक अहिलेसम्मकै अवस्थामा आइपुग्दा राजनीतिक मियो बन्नुभएका नेता नेपालले नेतृत्व गरेको पार्टीले गठबन्धन गरेका क्षेत्रहरुमा बिजय हुनेमात्र होइन सबैमा झन्डा फर्फराउने अवस्था आउनुपर्ने नेता नेपालको हक नै भएको राजनीतिबारे भबिस्यबाणी गर्नेहरूको धारणा छ।रौतहटमा जन्मेका नेपालको उम्मेद्बारी एमाले उमेदवार अजय गुप्ताका निम्ति पहाड बन्न पुगेको छ।एमाले अध्यक्ष ओलिले क्षेत्र नम्बर एकमा उमेदवार नभेटेपछि ठुली मेहनत पश्चात् डेन्टिङ पेन्टिङ गर्दै गौर नपा को मेयर मा एकीकृत समाजवादिका उमेदवार शम्भु साह सग ठुलो मत अन्तरले पराजित गुप्तालाई अगाडि सारेका छन् । तर भर्खरै भित्र्याइएका एमाले उमेदवार गुप्ता गुमनाम छ्न ।

नेता नेपालले वषौं ब्यहोरेका ओलीको व्यबहारबाट आजित भै जनताको शक्तिबाट ओली र यस्तो प्रवृत्तिलाई तह लगाउने अभियानमा होमिसक्नु भएको छ तर ओली सुधार्न एमाले मै फर्कनुभएका नेता डा. भिम रावल र घनश्याम भुसाल लगायतका पार्टीका प्रभावशाली नेताहरुलाई टिकट नदिई ओलीको दास बन्न तयार हुने र भजन मण्डली गर्नेहरु बाहेकलाई टिकटमा विभेद गरिसकेपछि अब एमाले पार्टी नभई ओली कम्पनी भएको आम मतदाताले निर्वाचनको संघारमा बुझिसकेकाले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले ओलीको षड्यन्त्रकारी नियत बुझेर नेतृत्व गरेको पार्टी साँचो अर्थमा सबैलाई समेट्न सक्ने, देशमा संकट पर्दा समाधान दिन सक्ने समाजवादी चिन्तन बोकेको कम्युनिष्ट पार्टी नेकपा (एकीकृत समाजवादी पार्टी )नै जनताको अभिभावकीय पार्टी भएको बुझाई आम जनतामा छ ।

रौतहट जिल्लामा नेता नेपालको प्रतिस्पर्धामा यतिबेला कोहि नभएकोले पछिल्लोपटक मतदाता बीचमा अब गुप्ताले पनि मैदान खाली गर्दिँदा ओलीलाई रौतहटवासीको तर्फबाट रामै झापड हुने थियो यस कोँणबाट पनि छलफल अगाडि बढेको देखिन्छ । एमालेले नेता नेपाल लगायतका नेता कार्यकर्तालाई पाखा लगाएर कमल थापा राजेन्द्र महत्तो एकनाथ ढकाल लगायतलाई भित्र्याएर त्यो क्षती पूरा गराउन खोजेको देखिन्छ तर ओलीको यो आत्मघाती खेल मतदान परिणामपछि पुष्टि हुने देखिन्छ ।
नेता नेपालका विरुद्ध प्रायोजित प्रचार गर्ने राष्ट्रियताको मुखुन्डो भिरेका ओलीले एमालेबाट होली वाइनको एकनाथ ढकाललाई एक नम्बर समानुपातिक उम्मेदवार बनाएर पक्षपोषण गरेपछि होली वाइनको मुख्य डिनाजर को रहेछ सबैलाई बुझ्न सजिलो भएको छ । नेता नेपालले वषौं ब्यहोरेका ओलीको व्यबहारबाट आजित भै जनताको शक्तिबाट ओली र यस्तो प्रवृत्तिलाई तह लगाउने अभियानमा होमिसक्नु भएको छ तर ओली सुधार्न एमाले मै फर्कनुभएका नेता डा. भिम रावल र घनश्याम भुसाल लगायतका पार्टीका प्रभावशाली नेताहरुलाई टिकट नदिई ओलीको दास बन्न तयार हुने र भजन मण्डली गर्नेहरु बाहेकलाई टिकटमा विभेद गरिसकेपछि अब एमाले पार्टी नभई ओली कम्पनी भएको आम मतदाताले निर्वाचनको संघारमा बुझिसकेकाले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले ओलीको षड्यन्त्रकारी नियत बुझेर नेतृत्व गरेको पार्टी साँचो अर्थमा सबैलाई समेट्न सक्ने, देशमा संकट पर्दा समाधान दिन सक्ने समाजवादी चिन्तन बोकेको कम्युनिष्ट पार्टी नेकपा एकीकृत समाजवादी पार्टी नै जनताको अभिभावकीय पार्टी भएको बुझाई आम जनतामा छ ।

विभिन्न पार्टी परित्याग गरी नेता नेपालको पक्षमा यसरी जोडिँदै र जुट्दैछन् जनता ।

नेकपा (एकिकृत समाजवादीे)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल गृह जिल्ला रौतहटको क्षेत्र नं १ मा गठबन्धनका तर्फबाट प्रतिनिधी सभाको उम्मेदवार बन्नुभएको छ । नेपालले आगामी मंसिर ४ को निर्वाचनमा सर्वाधिक अन्तरको रेकर्ड कायम गराउने अभियानमा शुभेच्छुकहरु जुटिरहेका छ्न । गृह जिल्लाको मायाले तानिएका नेपालको रौतहटमा आफ्नै बलियो पकड छ । गत स्थानीय तहको निर्वाचनमै रौतहट क्षेत्र नम्बर १ मा नेपालको पार्टीले सर्वाधिक मत ल्याएको थियो । कलम चुनाव चिन्हधारी एकिकृत समाजवादीका वडा अध्यक्षहरुले सो क्षेत्रमा १९ हजार ६ सय ९८ मत प्राप्त गरेका थिए ।
काँग्रेसका वडा अध्यक्षहरुले १६ हजार ९ सय २८ मत प्राप्त गरेका थिए । तेश्रो भएको लोसपाका वडा अध्यक्षहरुले १२ हजार ६२ मत प्राप्त गरेका थिए । चौथो स्थानमा रहेका जसपाका वडा अध्यक्षहरुको ८ हजार २ सय ४१ मत आएको थियो । अर्थात नेपालसँग गठबन्धनको ४४ हजार ८ सय १७ मत छ । उता, नेपाल विरुद्ध उम्मेदवारी दिएका एमालेका अजय गुप्तासँग एमालेको ७ हजार ३ सय ८३ मत र जसपाको ८ हजार २ सय ४१ मत गरि कुल १५ हजार ६ सय २४ मत रहेको छ । माधव नेपालको राष्ट्रिय व्यक्तित्वका कारण अझै उनको मत बढ्ने देखिन्छ । उता, मेयर हुँदा गतिलो कार्य सम्पादन गर्न नसकेका अख्तियारमा पटक पटक भ्रष्टाचारका मुद्दा खेपेका गुप्ताले एमाले र जसपाले स्थानीय तहमा पाएको सबै मत समेत जोगाउन नसक्ने बताइन्छ । आगामी मंसिर ४ गते सम्पन्न हुने निर्वाचनमा सम्भवतः माधव नेपाल नै सर्वाधिक मतान्तरले चुनाव जित्ने नेतामा पर्न सके जुनसुकै क्षेत्रमा अगाडि बढ्न खोज्ने रौतहटेली जनतालाई जिस्काउनु हुँदैन भन्ने सिङ्गो जिल्लाको राष्ट्रिय रूपमा सन्देश प्रवाह गर्नका निम्ति पनि यतिबेला पार्टी भन्दा माथि उठेर नेता नेपालको पक्षमा मतदान गर्नुपर्ने देखिन्छ ।
जनताको हक दितको पक्षमा निरन्तर लागिरहने नेता कहिले काँही प्राविधिक हिसाबले कमजोर देख्दा सबैले हेप्छन् भन्ने कुरा निर्वाचन आयोगले पार्टी अध्यक्ष नेपालाई पत्र काटेर प्रष्ट्याएको छ । जबकि सरकारले गरेको काम जनताको बीचमा जाँदा विदेश जाँदा अब भिषा लगायतका शुल्कमा आएको सहुलियतलाई सहज ढँगले बुझाउन खोज्दा केही निहुँ नपाएर आचारसंहिता उल्लंघनको पत्र पठायो । यो पत्र काटेको सन्दर्भले आयोगले लोक हसाउने काम मात्र गरेन, आफ्नै निष्पक्षमा समेत प्रश्न खडा गराउने काम गरेको छ ।

एकीकृत समाजवादीका पार्टी अध्यक्ष तथा रौतहट क्षेत्र नं. १ का उम्मेदवार नेपाल विधि, पद्दति र नैतिकतालाई सदैव शिरोपर गर्ने र सोही अनुसार अनुशरण गर्ने कम नेतामध्येमा चिनिनुहुन्छ । तर, निर्वाचन आयोगले नेता नेपालले ग्रहण गरेको इमान्दारितालाई कमजोरीको रुपमा ठानेर कतिपय नेताहरुलाई खुसी पार्ने काम गरिरहेको देखिन्छ । तत्कालिन एमालेबाट २०५१ सालमा सरकारमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री भएका बेला नेता नेपालकै पहलमा जेष्ठ नागरिक लगायतका असक्त, फरक क्षमता भएकाहरुलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने र आफ्नो गाउँ आफैँ बनाऊँ भन्ने लोकप्रिय अभियान सञ्चालनमा ल्याउने मुख्य पात्र नेता नेपाल नै हुनुहुन्छ । तर, ‘काम गर्ने कालु मकै खाने भालु’ भनेजस्तै यस्ता लोकप्रिय अभियान विना योगदान एमाले अध्यक्ष ओलीले भजाइरहेका छन् । जनताका सामू प्रश्न पेचिलो छ । निर्वाचनमा मत आर्जन गर्नका लागि अध्यक्ष ओलीले यी विषयहरुलाई हामीले ल्याएको योजना भनेर पटक पटक चर्का भाषण गरिरहेका छन् निर्वाचन आयोगको आचारसंहिता त्यता लाग्छ कि लाग्दैन ?
पछिल्लो समय वर्षेनी लाखौं युवाहरु बैदेशिक रोजगारमा विदेशिईरहेका छन् । त्यसरी विदेशिने युवाहरु एजेण्ट र म्यानपावर कम्पनीबाट ठगिरहेका छन् । यस्तो अवस्थामा सरकारले विदेशिने युवाहरुलाई सुरक्षा प्रदान गर्नका लागि ‘फ्रि भिसा फ्रि टिकट’ आवश्यक छ । अध्यक्ष नेपालले रोजगारका लागि विदेशिने युवाहरुलाई आफूँ ठगि रोक्छौं र राम्रो सुविधा दिइरहेका छौँ र दिन्छौं भन्नु निर्वाचन आचारसंहिता विरुद्ध कार्य कसरी भयो ? पक्कै होइन । यस विषयमा निर्वाचन आयोग पूर्वाग्रह देखिन्छ । यसरी निर्वाचन आयोगले एउटा पार्टीको पक्षपोषण लिनु गलत हो । कतै प्रमुख निर्वाचन आयुक्तले आफूँलाई पदमा पुर्‍याउने दलका नेताहरुलाई खुसी बनाउन लागेका त होइनन् भन्ने प्रश्न आयोगसामू उब्जिएको छ ।

निर्वाचनको मिति नजिकिँदै छ यसबीचमा नेता नेपाललाई भारी मतान्तरका साथ विजय गराउनका निम्ति अपिल गर्दै जिल्लाका प्रतिष्ठित नेताहरुले धमाधम उम्मेदवारी फिर्ता लिइरहेका छन् । जसपाका केन्द्रीय सदस्य एवं रौतहट क्षेत्र नं. १ का प्रतिनिधिसभाका उम्मेदवार रेवन्त झाले आफ्नो उम्मेदवारी फिर्ता लिएर अध्यक्ष नेपाललाई जिताउन घरदैलो अभियानमा जुटिसक्नुभएको छ । लोसपा केन्द्रीय सदस्य एवं सोही क्षेत्रका प्रतिष्ठित व्यक्तित्व प्रतिनिधिसभाका उम्मेदवार शम्भु सुप्रिमले समेत आफ्नो उम्मेदवारीलाई सार्वजनिक रुपमै फिर्ता लिएर सयौं कार्यकर्ताहरुको जुलुससहित नेता नेपाललाई जिताउन नगर परिक्रमा समेत गर्नुभएको छ ।

निर्वाचनको मिति नजिकिँदै छ यसबीचमा नेता नेपाललाई भारी मतान्तरका साथ विजय गराउनका निम्ति अपिल गर्दै जिल्लाका प्रतिष्ठित नेताहरुले धमाधम उम्मेदवारी फिर्ता लिइरहेका छन् । जसपाका केन्द्रीय सदस्य एवं रौतहट क्षेत्र नं. १ का प्रतिनिधिसभाका उम्मेदवार रेवन्त झाले आफ्नो उम्मेदवारी फिर्ता लिएर अध्यक्ष नेपाललाई जिताउन घरदैलो अभियानमा जुटिसक्नुभएको छ । लोसका केन्द्रीय सदस्य एवं सोही क्षेत्रका प्रतिष्ठित व्यक्तित्व प्रतिनिधिसभाका उम्मेदवार शम्भु सुप्रिमले समेत आफ्नो उम्मेदवारीलाई सार्वजनिक रुपमै फिर्ता लिएर सयौं कार्यकर्ताहरुको जुलुससहित नेता नेपाललाई जिताउन नगर परिक्रमा समेत गर्नुभएको छ । त्यसैगरी नेकपा एमालेलगायतका अन्य मधेशकेन्द्रीत पार्टीका कार्यकर्ताहरुले आफ्नो पार्टी परित्याग गरी नेता नेपालको पक्षमा उर्लिएका छन् ।

यो माहोल त्यत्तिकै बनेको होइन । उहाँले विगत लामो समयदेखि रौतहट जिल्ला र जिल्लाबासीका हितमा एकाग्र भएर समर्पित हुनुको परिणाम हो क्षेत्र नं. १ का तमाम् बुद्धिजीविहरुले धारणा राख्दछन् । उहाँलाई जिताउन रौतहट क्षेत्र नं. १ मा एकखालको सर्वदलीय माहोल नै तय भएको छ भन्दा अनर्थ नहोला । रौतहट जिल्लाका विभिन्न पार्टीमा आवद्ध भएका कयौं नेता तथा कार्यकर्ताहरु नेता नेपालको पक्षमा माहोल बनाइरहेका छन् । यसले पनि नेता नेपालको जित सुनिश्चित मात्रै होइन ठुलै मतान्तरले हुने जितको जस रौहतटबासीले राष्ट्रिय रुपमै पाउने भएका छन् । उहाँसगै गठबन्धनमा रहेका प्रदेश उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति कृष्ण यादव र प्रदेशका अर्का उम्मेदवार नागेन्द्र साहको पनि माहोल त्यत्तिकै बन्दै गएको छ ।

माधवकुमार नेपाललाई नै किन भोट ?
 गौर बरहवा पुल र ताल व्यवस्थापनको काम गरेको कारण ।
 बागमति, बकैयालगायतका ठाउँहरुमा तटबन्ध गरिएको कारण ।
 झाझ नदीमा ५ वटा पुल निर्माण एकै पटक निर्माण गराएका कारण ।
 गौर चन्द्रपुर सडक चौडा गरी ४२ किलोमिटर कालोपत्रे गराएको कारण ।
 क्षेत्र नं. १को गौर र ३ को धरहरीमा नर्सिङ कलेज निर्माण, जहाँबाट पढेका हजारौंले रोजगारी प्राप्त गरिसकेको कारण ।
 छात्राहरुलाई विद्यालय जान प्रेरित गराउन साइकल दिई विद्यालय जान उत्प्रेरित गराएको कारण ।
 गौरलाई पूरा शहरीकरण गर्न महत्वपूर्ण भूमिका खेलेको कारण ।
 गौरमा विवाह मण्डप, राजदेवी मन्दिर लगायतका मठमन्दिर निर्माणमा सहयोग गरेको कारण ।
 गौरबाट प्रिपा हुँदै समानपुर, चेतनगर, सिन्दुरेघारी सन्तपुर जोड्ने सडकमा निर्माणमा महत्वपूर्ण भूमिका खेलेको कारण ।
 आफूँ प्रधानमन्त्री हुँदा जिल्लाका दर्जनौँ सडक योजनाहरु अगाडि बढेको कारण ।
 रौतहटबासीलाई भेटघाटमा सहज रुपमा उपलब्ध भई रौतहटका जोसुकैले भने पनि तत्काल काम गरेको गर्ने तत्परता देखाएको कारण ।
 प्रधानमन्त्री भएका बखत रौतहटको जुडीबेला जाने बाटोमा पार्क निर्माण गरिदिएको कारण ।
 गौर बर्गनियाँबीचमा पर्ने पुल निर्माण गरिदिएको कारण ।
 जिल्लाका दर्जनौं विद्यालयको भवन निर्माणका लागि बजेट उपलब्ध गराएको कारण ।
 बाढीले कटान र डुबानका बेला हजारौं परिवारलाई राहतका सामाग्रीहरु उपलब्ध गराएको कारण ।
 शितलहरबाट प्रभावित भएका हजारौं रौतहटबासीलाई प्रत्येक वर्ष जस्तो न्यानो कपडालगायतका खाद्यान्नहरु उपलब्ध गराएको कारण ।
 हजारौं रौतहटका युवाहरुलाई रोजगारी प्रदान गरेको कारण ।

राष्ट्रिय राजनीतिमा सँधै महत्वपूर्ण योगदान दिएका कारण
 केपी ओलीले दुई पटक संसद विघटन गरेर जनताको आवाज बन्द गर्न खोजेको सो कार्यलाई दृढताका साथ उभिँदै ओलीको संविधान विरोधी कार्य रोक्नका लागि अन्य राजनीतिक दलहरुलाई पनि एक ठाउँमा सहमतिमा ल्याउन सफल भई संसद बचाएको ।
 आफूँ प्रधानमन्त्री भएको बेला देश द्धन्द्धमा धकेलिईरहेको बेला नेपालमा बसेर अन्तर्राष्ट्रिय चलखेल गर्ने अनमिनलाई देश छोड्न २४ घण्टे पत्र थमाएको र देश छोड्न बाध्य बनाएको कारण ।
 शान्ति प्रक्रियालाई टुँगोमा पु¥याउन र २०६२/६३ सालको जनआन्दोलनलाई सफल तुल्याउन विशेष भूमिका खेलेको । जबकि एमाले अध्यक्ष केपी ओली आन्दोलनका विरोध गर्दै बयलगाढा चढेर अमेरिका पुगिँदैन भनेर आन्दोलनको विरोध गरिरहेका थिए । तर, पार्टीभित्र रहेर ओली लगायतका समूहले गरेका विरोधलाई चिर्दै जनआन्दोलनलाई सार्थकता प्रदान गर्दै मुलुकमा गणतान्त्रिक लोकतन्त्र ल्याउन महत्वपूर्ण भूमिका खेलेको कारण ।
 मुलुकमा ओली र राजावादीहरुको समूहले लोकतान्त्रिक व्यवस्थालाई असफल बनाउन खोजिरहेका बेला लोकतान्त्रमा विश्वास गर्ने नेपाली कांग्रेस लगायतका दलहरुको गठबन्धन गराएर सरकार बनाउन र निर्वाचनको परिणाम नआउन्जेल गठबन्धनलाई जोगाउन महत्वपूर्ण भूमिका खेलेको कारण ।
 निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णय गरी विमानस्थल निर्माणका निम्ति शिघ्र सम्पन्न गर्न पहल गरिरहँदा चौतर्फी चुनौतीका सामू पनि यो निर्णयलाई पुनः अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्दै आउनुभएको कारण ।
 फास्ट ट्रयाक निर्माणमा महत्वपूर्ण भूमिका खेलेको कारण
 हुलाकी राजमार्ग निर्माणमा विशेष भूमिका खेलेको कारण ।
 प्रधानमन्त्री रहँदा धन्सार पुल निर्माण गरिदिएको कारण ।
 भ्रष्टाचारको विरोधी अभियानलाई साथ दिँदै आएको र राष्ट्रियताको सन्दर्भमा सँधै दृढताका साथ उभिँदै आएको कारण ।

गोविन्दप्रसाद चौलागाईंबाट

प्रकाशित मिति:November 9, 2022