क्यानका कार्यवाहक सचिव दिए राजीनामा

  Sampatti News Online

February 1, 2023

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत हुन भने बाँकी रहेको क्यानका एक पदाधिकारीले जानकारी दिए ।

मंगलबार पोखरामा सुरु भएको कार्यसमितिको बैठकमा केन्द्रिय समितिका सदस्यहरूले क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायत पाँच जनाको राजीनामा माग गरेका थिए ।

मल्लले पोखरामा बसेको बोर्ड बैठकमा राजीनामा दिएका हुन् । नेपाल टी२० लिगमा विवाद, फिक्सिङ, तथा तीव्र आलोचनापछि मल्लले राजीनामा दिएका हुन् ।

२०७६ असोज ११ मा क्यानको निर्वाचनबाट उनी केन्द्रीय सदस्यमा नियुक्त भएका थिए ।

क्यानका सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएपछि एक वर्ष अघि कार्यवाहक सचिवको जिम्मेवारी मल्लले पाएका थिए ।

मल्लले राजीनामा दिएसँगै क्यानका कार्यवाहक सचिवको जिम्मेवारी केन्द्रीय सदस्य दुर्गाराज पाठकले पाएका छन् ।

पोखरा बोर्ड बैठकका निर्णय र पछिल्लो समय क्यानमा देखिएको विवाद सन्दर्भमा जानकारी दिन केही बेरमा पत्रकार सम्मेलन गर्ने तयारी छ ।

प्रकाशित मिति:February 1, 2023