चार जना भ्रष्टकर्मचारी विरुद्ध विषेश अदालतमा मुद्दा

  Sampatti News Online

February 1, 2023

काठमाडौं । मालपोत र स्थानीय निकायका कर्मचारी विरुद्ध अख्यितार अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । मालपोत कार्यालय ताप्लेजुङमा कार्यरत तत्कालीन मालपोत अधिकृत लेखा पनेरु महत र जिल्ला मुगु, सोरु गाउँपालिका, वडा नं.६का तीन जना विरुद्ध मुद्दा दायर गरेको हो । 

 मुगु जिल्ला सोरुकोटस्थित खौलाचौरमा फिल्ड निर्माण गर्ने क्रममा  अस्वभाविक लागत अनुमान र प्राविधिक मूल्याङ्कन तयार गरी रकम हिनामिना गरेको आयोगका आरोप रहेको छ । सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, सब–इन्जिनियर मनोज धामी र सब–इन्जिनियर जगत बहादुर मल्लले लागतभन्दा बढीको विल बनाइ भ्र्रष्टाचार गरेको आयोगको आरोप रहेको छ ।

 मुगु जिल्ला सोरु गाउँपालिका, वडा नं. ६ सोरुकोटस्थित खौलाचौर फिल्ड निर्मांण कार्यमा उक्त फिल्ड निर्माण योजनामा गलत नापी किताब तयार गर्ने, नापी किताब चेकजाँच गर्ने, सो नापी किताब स्वीकृत एवं फिल्डमा नभएको नगरेको कामको मूल्याङ्कन गरी नापी किताब तयार गरी उपभोक्ता समितिलाई १५,४४,९३०.२६ रुपैयाँ बढी रकम भुक्तानी भएको देखिएको छ । विषेश अदालत काठमाडौंमा मुद्दा दर्ता भएको आयोगले जनाएको छ । 

त्यस्तै, मालपोत कार्यालय ताप्लेजुङमा कार्यरत तत्कालीन मालपोत अधिकृत लेखा पनेरु महतलाई १,५०,००० रुपैयाँ घुस लिई भष्ट्राचार गरेको भन्दै विशेष अदालतमा दर्ता भएको छ । 

प्रकाशित मिति:February 1, 2023