रोकिएन शेयर बजारको गिरावट

  Sampatti News Online

March 23, 2023

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको अन्तिम कारोबारको दिन आज नेप्से १८.१५ अंकले घटेर एक हजार ९ सय १५ दशमलब १४ विन्दुमा पुगेको हो । बुधबार नेप्से १५.७६ अंकले घटेर एक हजार ९ सय ३३ दशमलब २९ विन्दुमा बन्द भएको थियो । 

त्यस्तै, शेयर बजार घटेपनि कारोबार रकमा भने सामान्य सुधार देखिएको छ । आज नेप्सेमा एक अर्ब ४१ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । हिजो नेप्सेमा एक अर्ब ३३ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका २८ कम्पनीको शेयरमूल्य बढेको छ भने १७९ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार युनि नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआईसी एशयिा बैंकको भएको छ । यस कम्पनीको आज २१ करोड ७४ लाख भन्दा बढीको कारोबार भएको छ ।           

घटेको बजारमा यस दिन माया खोला हाइड्रोपावर कम्पनी र एशियन हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन माया खोलाको शेयरमूल्य २९ रुपैयाँ २० पैसा बढेर ३२१ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ भने एशियन हाइड्रोपावरको २९ रुपैयाँ ८० पैसा बढेर ३२८ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, सिद्धार्थ बैंकको यस दिन ८ प्रतिशतभन्दा बढी बढेको छ।

१३ उपसमूहमध्ये यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.०२ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रकाशित मिति:March 23, 2023