ओमानविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

  Sampatti News Online

April 21, 2023

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटमा ओमानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

टियु मैदानमा भएको टस ओमानले जितेको हो । ओमानले बलिङ रोजे पछि नेपालले पहिले ब्याटिङ गर्दैछ ।

समूह ‘ए’ मा रहेका दुई उपाधि दाबेदार नेपाल र ओमानबीचको खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केहीबेरमा सुरु हुँदैछ ।

दुवै टोलीले आफ्नो पहिलो खेल जितेका छन् । नेपालले उदघाटन खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो भने ओमानले कतारलाई ४० रनले हराएको थियो । दुवै टोली लगातार दोस्रो खेल जित्दै सेमिफाइनल यात्रालाई सहज बनाउने योजनामा छन् ।

कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ । यस प्रतियोगितामा १० राष्ट्रको सहभागिता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

नेपाली टोलीमा एक परिवर्तन भएको छ । गुलसन झाको स्थानमा करण केसी टोलीमा फर्किएका छन् ।

प्रकाशित मिति:April 21, 2023