गौर हत्याकाण्डका पीडितहरु न्याय खोज्दै सर्वोच्चमा 

  Sampatti News Online

May 29, 2023

रौतहट १४ जेठ। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ३ पटक देशको प्रधानमन्त्री भएर पनि न्याय दिन नसकेको भन्दै गौर हत्याकाण्डका पीडितहरु सर्वोच्चको शरणमा पुगेका छन्। घटनाको १७ बर्ष बितिसक्दा पनि राज्यले हालसम्म मृतकलाई शहिद घोषणा गर्न सकेका छैनन्, जसपा अध्यक्ष उपेन्द्र यादवको निर्देशकमा उनका कार्यकर्ताले क्षनभरमै हाम्रो सिन्दुर पुछे तर आँशु पुछ्ने कोही भेटिएन पीडितहरुले दुःखेसो पोखेका छन।

गौर घटनामा श्रीमानको ज्यान गएपछि न्यायको माग गर्दै पटक पटक आन्दोलन, पटक पटक धर्ना बसियो १७ वर्षको अवधिमा कसैले पनि न्यायको लागी पहल गरेन बौधिमाई नगरपालिका ८ का मृतक नर्मदेश्वर उपाध्यायको श्रीमती रुपशागर उपाध्यायले बताईन। मानविय समवेदना बिपरित जघन्य अपराधको पराकाष्ठाको ज्वलन्त उदाहरण गौर हत्याकाण्ड भएपछी माओबादी अध्यक्ष प्रचण्ड तथा पार्टीका तत्कालिन वरिष्ठ नेता बाबुराम भट्टराईले हालसम्म खासै चासो नलिएको कारण आफूहरु पार्टीे कार्यकर्ता भएर पनि थप पीडित भएकाे बिधवा उपाध्यायले भनिन उनीहरूको छोराछोरी मासुभात खाईरहेछ हाम्रो छोराछोरी लाई तरकारी भात समेत पाउन मुश्किल भएकाे छ।

यस अघि पनि प्रचण्ड प्रधानमन्त्री हुँदा केपी ओली प्रधानमन्त्री हूँदा पनि आफूहरु घरदेखि गौर, गौर देखि काठमाडौं भौतारिरहेका छौं सुनिदिने कोही भेटिएको छैन। आफ्नो पीडा लिएर हामी पीडित परिवार न्यायको खोजीमा छौं, मूख्य आरोपी जसपा अध्यक्ष उपेन्द्र यादव घुमिरहेका छन्। न्यायको लागी देशमा अन्य कुनै बाटो नसुझेको कारण अन्तिम आशाको किरण हामीलाई सर्बोच्च अदालतमा देखियो उनले भनिन। हामी पीडित मध्ये अहीले पाँचजना काठमाण्डौ आएका छौं मेरो श्रीमान , एकजनाको छोरा, एकजना भाई, अर्का एकजनाको छोरीको गौर घटनामा ज्यान गएको थियो हामी सबै पीडित मिलर संभवतः आजै सर्बोच्च अदालतमा उपेन्द्र यादव लगायत लाई बिपक्षी बनायर मुद्दा दर्ता गराउने तयारीमा रहेको बिधवा रुपशागर उपाध्यायले बताईन। 

के हो गौर घटना ?

२०६३ साल चैत्र ७ गते रौतहटको सदरमुकाम गौरस्थित राईसमिलको फिल्डमा मधेशी जनाधिकार फोरम र तात्कालीन नेकपा माओवादी एउटै स्थानमा छुट्टै मार्च बनाएर सभा गर्न लाग्दा दुई पक्ष बीच झडप हुदा २७ जना माओवादी कार्यकर्ताको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यू भएको थियो । सोही झडपमा कैयौ घाईते भएका थिए । घटनामा बाँसको चारपाटे भाठा र हतियार समेत प्रयोग भएको थियो।

गौरभन्दा करिब १० किलोमिटर उत्तर  पताही टोलको पूर्वपट्टि बागमती नदीको किनारमा  ३ महिला र ८ पुरुषको 

 गाउँभन्दा पश्चिमपट्टि बौधीदेवीको मन्दिरमा ल्याई बाँसको भाटा, ढुंगा र इँटा प्रहार गरी मन्दिरमा बलि दिएर, आगो लगाई हत्या गरेको थियो। 

 आक्रमण पुर्वनियोजित तथा  संगठित रूपमा भएको देखिएको मानवअधिकारवादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ठहर गरेको थियो। तीनजना महिलालाई बलात्कारपछि हत्या गर्ने क्रममा क्रूर यातना दिइएको, आगो लगाउने तथा उनीहरूको संवेदनशील अंगमासमेत प्रहार गर्ने जस्ता अमानवीय कार्य गरिएको पाइएको इन्सेकले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको थियो।  

गौर हत्याकाण्ड हुँदा तत्कालिन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव मधेस आन्दोलनको नेतृत्व गरिरहेका थिए। अध्यक्ष यादव कै निर्देशनमा फोरमका कार्यकर्ताले माओवादी कार्यकर्तालाई भाला, छुरा, लाठी र गोली प्रहार गरी निर्मम हत्या गरेको तत्कालीन माओवादी कार्यकर्ता तथा पीडित परिवार ले दाबी गर्दै आएका छन।

उक्त घटना हुँदा माओबादी तत्कालिन सरकारमा सहभागी थिए।सो समय नेपाली कांग्रेस नेतृत्वको सरकारमा कृष्णप्रसाद सिटौला गृहमन्त्री रहेका थिए।

घटना पछि माओबादीका तत्कालिन नेता प्रभु साहको सक्रियतामा पीडित परिवारले उपेन्द्र यादव लगायत १ सय भन्दा बढी मानीस लाई बिपक्षी बनायर जिल्ला प्रहरी कार्यालय रौतहटमा मुद्दा दर्ता गराएका थिए। तर राजनीतिक घटाना भनेर कूनै सुनवाई न भएकाे पीडितहरुको भनाई छ। हाल आमजनता पार्टीका अध्यक्ष साहले गौर हत्याकान्डका दोषीलाई कारबाहीको दायरामा ल्याउन पटकपटक आवाज उठाउँदै आएका छन। यसैबीच घटनाका पीडितहरु आईतवार काठमाडौं स्थित गृह मन्त्री नारायण काजी श्रेष्ठलाई भेटेर न्यायको लागी पहल गर्न आग्रह गरेका छन। भेटमा गृह मन्त्री श्रेष्ठ सकारात्मक रहेकाे टोलीमा सहभागी रामशरण यादवले बताएको जनकपुर बाट प्रकाशित हुने आजको मधेश दृष्टि दैनिक पत्रीकामा रौतहट बाट सञ्जय मिश्राले लेखेका छन।

सञ्जय मिश्रा

प्रकाशित मिति:May 29, 2023