सूनको मूल्य अहिलेसम्मकै उच्च

  Sampatti News

July 15, 2020

काठमाडौँ । बजारमा सूनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

सूनको मूल्यमा बुधबार प्रतितोला ६ सय रुपैयाँले बढेर सुन ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

मंगलबार प्रतितोला ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँले बढेर कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि असार २५ गते छापावाला सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँले कारोबार भइ रेकर्ड बनाएको थियो ।

चाँदीको मूल्‍य पनि आज प्रतितोला १० रुपैयाँले बढेको छ । चाँदी १,००५ रुपैयाँमा कारोबार भइरहेको छ ।त्यसैगरी आज तेजावी सुन प्रतितोला ९२ हजार तीन सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति:July 15, 2020