न्यू लाइटमा पूर्व विद्यार्थी समिति गठन; २०५१ सालमा एसएलसी दिने पनि सामेल

  Sampatti News

July 15, 2020

मनिष गिरी

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शंकरनगरमा रहेको न्यू लाइट माध्यमिक विद्यालय (सार्वजनिक शैक्षिक गुठि) मा पूर्व विद्यार्थीहरुको समिति गठन गरिएको छ । २०७७ साल असार ३१ गतेका दिन पूर्व विद्यार्थी, विद्यालय प्रशासन, संचालक समिति सदस्यहरु र शिक्षकहरुको उपस्थितिमा विद्यालयमा आयोजित एक कार्यक्रमका बीच संयोजक अर्जुन खरेल, सहसंयोजक सागर पौडेल सहित २३ सदस्यीय पूर्व विद्यार्थी समिति गठन गरिएको हो ।
कोरोना महामारी को यो परिस्थिति मा उच्च सतर्कताका साथ गरिएको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्ग बहादुर क्षेत्री अध्यक्षतामा संचालन भएको र उहाँ ले दिप प्रज्वलन गरि कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।सबैले राष्ट्रिय गान र नगर गान समेत गाएर सम्मान जनाउनुभएको थियो । विद्यालयका प्राचार्य रमेश ज्ञवाली, सह प्राचार्य शंकर हाडा उपस्थित रहेको कार्यक्रममा रामचन्द्र श्रेष्ठ ले स्वागत मन्तव्य द्वारा सबैलाइ स्वागत गर्नुभएको थियो ।
२०४१ सालमा स्थापना भएर एक इतिहास बोकेको यस सार्वजनिक शैक्षिक गुठिका पूर्व विद्यार्थीहरु देश, विदेशको विभिन्न तहमा पुगेकोमा विद्यालय प्रशासन सदैव गर्व गर्ने गरेको र सम्पूर्ण विद्यार्थीहरुलाइ एउटै संजालमा जोड्नलाई थालना गरिएको यस प्रयासको लागि विद्यालय कृतज्ञ रहेको प्राचार्य रमेश ज्ञवालीले बताउनु भयो।
विद्यालयबाट २०५१ सालमा एसएलसी पास गर्नुभएका माधव कुमार पौडेलले यति लामो समयपछि विद्यालयमा आएर सबैसंग भेट्नपाउदा आफुलाई धेरै खुसि लागेको र विद्यालय र विद्यार्थीको लागि आफुले सक्दो सहयोग सधै गर्ने प्रतिबद्धता राख्नुभएको थियो।
समिति गठन पश्चात संयोजक अर्जुन खरेलले आफुले यो समिति मार्फत विद्यालयको हित र पूर्व विद्यार्थीहरुको एकताको लागि सबैलाई समेटेर सक्दो काम गर्ने प्रतिबद्धता दिनुभएको थियो ।
उक्त कार्यक्रमको सञ्चालन शिक्षक गोकुल पाण्डेले गर्नुभएको थियो ।

प्रकाशित मिति:July 15, 2020