एक वर्षमा सात पटक लोकसेवा पास गर्ने एक नारीको सफलताको भित्र रहस्य के?

  Sampatti News Online

January 20, 2024

काठमाडौ ।निरन्तरताको मेहनतको जगमाराेल्पाकि २१ वर्षिय खुशी बुढामगरले ७ पटक लोकसेवा आयोगमा नाम निकाल्न्न सफल भएकि छन।
परिवर्तन गाउँपालिका – ४ कि खुशी नायव पशु स्वास्थ प्राविधिकको रुपमा कुशे गाउँपालिका जाजरकोटको कृषि विकास शाखा हुदै हाल नवलपरासीकाे बर्दघाट नगरपालिका नवलपरासीमा मत्स्य प्राविधिक पदमा कार्यरत छिन् ।

उनले यहि वर्षमा मात्रै ७ पटक लोकसेवा पास गरेकि हुन। राप्ती टेक्निकल कलेज लालमटिया दाङबाट ३ वर्षे पशुविज्ञान पढदै म २०७९ देखि लाेक सेवामा प्रवेश गरेकि खुशीकाे झन खुशी र सफलता बढदै गयाे।

खुशीले सुरुमा बैशाखमा कर्णाली प्रदेशले लिएको परीक्षाको पाँचौं तह लिखितमा नाम निकालेकी थिइन् । त्यसपछि जेठमा कर्णाली प्रदेशकै चौथो तहमा नाम निकालेर कुशे गाउँपालिका जाजरकोटमा सेवारत भइन। त्यसपछि लुम्बिनी प्रदेशको पाँचौं तहमा र लुम्बिनीकै स्थानीय तहको परीक्षामा पनि सफल भइन। पाचौंपटक उनले सुदूरपश्चिममा पाँचौं तहमा नाम निकालेकी थिइन् । यस्तै छैठौंपटक कोशीको चौथो तह र सातौं पटक संघमा नाम निकाल्न सफल भएकि हुन। यद्यपि संघीय लोकसेवाकाे आगामी ९ गते अन्तर्वार्ता बाँकी छ। त्यसमा पनि सफल हुनेमा विश्वस्त छिन।

राेल्पाकाे ग्रामीण क्षेत्रकाे सामान्य परिवारकि खुशीका बुवाआमा कृषक हुन। उनिहरुकाे भाइबहिनीहरुमा ६ दिदिबहिनी छन भने एक दाइ छन। जेठी स्थायी शिक्षक,माईली र साईली करार शिक्षक,त्यसपछिकाे दिदि प्रदेशको करार, त्यसपछिको दाई र दिदी निजामती तर्फको स्थानिय तहमा स्थायी जागिरे छन। ७ भाईबहिनी मध्ये ४ जना स्थायी जागिरे भइसकेका छन। उनकाे बाल्यकाल देखिकाे शिक्षण अवस्था मध्यम रहेको उनकाे परिवार स्राेतले जनाएको छ। कक्षा पहिलाे नभए पनि मेहनती र जेहेन्दार विद्यार्थीकाे छवि उनिमा थियाे भने एसइई भने उनले प्रथम श्रेणीमा उतिर्ण गरेकि छन।कोशिश गर्नेहरू कहिले हार्दैनन भन्ने यथार्थलाई उनले प्रमाणित गर्दिएकी छिन।

प्रकाशित मिति:January 20, 2024