कस्ताे रहला आजकाे माैसम ?

  Sampatti News

March 26, 2024

काठमाडाै‌ । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

जसकाे प्रभावले आज कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस, बागमती  र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

म‌गलबार कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ। 

प्रकाशित मिति:March 26, 2024