ललितपुरको होली घटना: पक्राउ परेका चार आरोपी सार्वजनिक, एकजना अझै फरार

  Sampatti News

March 26, 2024

काठमाडौं । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा ग्याङ फाइट हुँदा दुई जनाको हत्या भएको, घटनमा संलग्न भएका चार जना आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । युवाबीच चक्कुहानाहान हुँदा २ जनाको हत्या भएको घटनामा संलग्न मूख्य चार जनालाई ललितपुर प्रहरीले सार्वजनिक भएको हो ।

आइतबार राति होली खेलेर खाजा खान ढोलाहिटीको डी पोपिना खाजाघरमा पुगेर मदिरा सेवन गरेका युवाबीच चक्कु हानाहान हुँदा २ जनाको हत्या भएको थियो ।  हत्या हुनेहरुमा पाँचथर घर भइ खुमलटार बस्ने पुजन राई र धरान घर भई ढोलाहिटी बस्ने रोवश राई रहेका थिए ।

पक्राउ परेका चार जनालाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ भने घटनामा संलग्न रहेको आरोप लागेका थप एक जना भने फरार छन् ।

प्रहरीले पक्राउ परेका खाजा घर सञ्चालक खोटाङ साकेला गाउँपालिका–२ का विजय राई र सोही ठाउँका सुलभ राई, भोजपुर ट्याम्केमयुङ–२ का विशाल हाङ मुकारुङ र काठमाडौं गोकर्णेश्वरका छेङविहाङ राईलाई सार्वजनिक गरिएको हो । पाजु गुरुङ भन्ने व्यक्ति फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

चार जना र फरार भएका एक जनासहित पाँचजनाविरुद्ध कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ । यस घटनामा अनुसन्धानका लागि थप ८ जनालाई पनि नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति:March 26, 2024