नेप्सेमा १०.८३ अंकको गिरावट, निरन्तर खुम्चिँदै कारोबार रकम 

  Sampatti News

March 27, 2024

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट भएको छ । यस दिन नेप्से परिसूचक १०.८३ अंक घटेर २०३०.८६ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.१७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७३ अंक घटेको छ।

नेप्सेमा आज २ अर्ब २३ करोड ५४ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ५१ वटाको बढेको छ भने १८८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।     

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा सर्वोतम सिमेन्ट लिमिटेड र हिमालयन ८०–२० रहेका छन् । यी कम्पनीको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।       

आज कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ५.६६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ९ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन जोशी हाइड्रोपावरको ८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

 

प्रकाशित मिति:March 27, 2024