सचिव बढुवाका लाइनमा रहेका ३२ सहसचिवहरु, काे -काे हुन् ?

  Sampatti News

March 29, 2024

काठमाडाै‌ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारी अवकाशमा गएसँगै रिक्त हुन पुगेको सचिव पदमा बढुवाका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा केही दिन अघि बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय डा हरि लम्साल, केदारनाथ शर्मा र लोकनाथ पौडेलको नाम सिफारिस हो ।

डा लम्साल सुदूर पश्चिम प्रदेशको कायम मुकायम प्रदेश प्रमुख सचिवको जिम्मेवारीमा छन् भने शर्मा कोशी प्रदेशको निमित्त प्रमुख सचिव र पौडेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत छन् ।

अबकाे सचिव बढुवाका लाइनमा ३२ जना सहसचिवहरु रहेका छन् । जसमा गोविन्द वहादुर कार्की, माहादेव पन्थ,रघुराम विष्ट,वावुराम अधिकारीहरु रहेका छन्मदन भुजेल,चन्द्रकला पौडेल, शोभाकान्त पौडेल,भुपाल वराल, डण्डुराज घिमिरे छन् ।

त्यस्तै सचिवका लागि लाइनमा रहेका सहसचिवहरुमा शिक्षासेवाका खगेन्द्र प्रसाद सुवेदी, कृष्ण प्र काप्री, वैकुण्ठ प्रसाद अर्याल, इमनारायण श्रेष्ठ,राजेन्द्र प्रसाद पौडेल,इन्दु घिमिरे, कमल प्रसाद भट्टराई,श्रीकृष्ण नेपाल रहेका छन् । यस्तै विनोद वहादुर कुँवर रूद्रसिंह तामांग,कालीप्रसाद पराजुली,नारायण प्रसाद भट्ट,उत्तर कुमार खत्री, आभा कर्ण श्रेष्ठ,चक्रवहादुर वुढा र जयनारायण आचार्य हुन् ।

प्रकाशित मिति:March 29, 2024