एसीसी प्रिमियर कप : नेपालले आज साउदी अरेबियासँग खेल्दै

  Sampatti News

April 17, 2024

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले आज साउदी अरेबियासँग खेल्दैछ । खेल बिहान पौने १२ बजे ओमानको अल अमिरातमा शुरु हुनेछ ।

नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले, दोस्रो खेलमा कतारलाई ३२ रनले र तेस्रो खेलमा हङ्कङलाई आठ विकेटले हराएको थियो ।

नेपाल ६ अंकसहित तालिकाको पहिलो स्थानमा छ । चार खेलबाट चार अंक बटुलेको कतार दोस्रो स्थानमा आसीन छ । तीन खेलबाट दुई अंक बटुलेको साउदी अरेबिया तेस्रो, तीन खेलबाट दुई अंक जोडेको मलेसिया चौथो र तीन खेलबाट दुई अंक हात पारेको हङ्कङ पाँचौँ स्थानमा छन् ।

यो प्रतियोगिताको उपाधि विजेता टोलीले एसिया कप खेल्न पाउनेछ ।

प्रकाशित मिति:April 17, 2024