सल्यान बस दुर्घटनाः १४ जना घाइते

  Sampatti News Online

April 17, 2024

काठमाण्डौ । सल्यानमा बस दुर्घटना भएको छ । बागचौर नगरपालिका ठिनबाङ खोला पुलमा बस दुर्घटना भएको हो । दाङको घोराहीबाट रुकुम पश्चिम जाँदै गरेको रा १ ख २०८५ नम्बरको बस बिहान दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित मिति:April 17, 2024