एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

  Sampatti News Online

April 17, 2024

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ गरेको छ ।

लामालाई बुधवार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख सोमेन्द्रसिंह राठौरले जानकारी दिए । लामा दावा लागूऔषध खैरो हिरोइन कारोबार मुद्दामा उच्च अदालत पाटनबाट विसं २०६४ सालमा दोषी ठहर भई फरार थिए । यहीबीचमा उनी एन्फा उपाध्यक्ष बनेका थिए ।

लामालाई ५ वर्ष कैद सजाय भएकामा करिब ४ वर्ष भुक्तान हुन बाँकी थियो। गएको एन्फा निर्वाचनमा उनी उपाध्यक्ष निर्वाचित भएका थिए। त्यसअघि उनी केन्द्रीय सदस्य थिए । बी डिभिजन क्लब प्लानिङ ब्वाइजबाट उनी एन्फामा छिरेका थिए ।

प्रकाशित मिति:April 17, 2024