जलिरहेको युवतीको शव बरामद

  Sampatti News

April 18, 2024

जनकपुरधाम । जनकपुरमा एक युवतीको शव बरामद भएको छ ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ पुलचोकमा रेल्वे लिक नजिक पोखरी डिलमा बुधबार राति २३ वर्षीय युवतीको शव जलिरहको अवस्थामा प्रहरीले बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाका अनुसार पोखरीको डिलमा राति ८ बजेतिर शव जलिरहेको स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेर बरामद गरेको हो ।

शव महोत्तरीको मनरासिसा नगरपालिका वडा नम्बर २ कि २३ वर्षीया मप्रियंका महतोको रहेको डीएसपी अवाले बताए ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । उनको हत्या गरेर शव जलाएको हुन सक्ने आशंका प्रहरीको छ । यद्यपि पोस्टमार्टम रिपोर्ट र थप अनुसान्धानपश्चात् मात्रै भन्न सकिने डीएसपी अवाले बताए ।

प्रकाशित मिति:April 18, 2024