रुससँग युद्ध हारे तेस्रो विश्वयुद्ध हुने

  Sampatti News Online

April 18, 2024

एजेन्सी । रुससँगको युद्धमा युक्रेनले हार्यो भने विश्वले तेस्रो विश्वयुद्धको सामना गर्नुपर्ने युक्रेनका प्रधानमन्त्रीले चेतावनी दिनुभएको छ । प्रधानमन्त्री डेनिस स्मिहलले अमेरिकी कांग्रेसलाई राहत विधेयक तत्काल पारित गर्न माग पनि गर्नुभएको बीबीसीले जनाएको छ ।

युक्रेनलाई राहत प्याकेज दिने विषयमा अमेरिकी संसदमा शनिवार मतदान हुँदैछ । रुसले युक्रेनमा निरन्तर आक्रमण गर्दै आएको छ । गएको वर्ष युक्रेनी राष्ट्रपति भोलेदिमिर जेलेन्स्कीले तेस्रो विश्वयुद्ध शुरु गर्न रुसले पोल्यान्डमा आक्रमण गर्न सक्ने दाबी गर्नुभएको थियो । तर त्यो दाबीलाई रुसले अस्वीकार गरेको थियो ।

प्रकाशित मिति:April 18, 2024