रौतहटका वरिष्ठ पत्रकार मिश्राले वृक्षारोपण  गरी मनाए जन्मदिन 

  Sampatti News Online

May 1, 2024

रौतहट । प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा रौतहटका बरिष्ठ पत्रकार सञ्जय मिश्रा वृक्षारोपण गरेर आफ्नो जन्मदिन मनाएका छन्।

तराई बिकास तथा संञ्चार केन्द्र नेपालद्धारा सुरु भएको “जन्मदिनलाई सत्कर्मसंग जोडौँ” अभियान अन्तर्गत स्थानिय कटहरिया नगरपालिका ५ घर भएका पत्रकार मिश्राले आफ्नै प्राङ्गणमा वृक्षारोपण गरी आफ्नो ५६ औ जन्मदिन मनाएका हुन्।

बर्तमान समयमा मानिसले आफ्नो जन्मदिनको अवसरमा ठूला ठूला होटलमा हजारौं खर्चिनु निरर्थक रहेको तथा एउटा बिरुवा हुर्काउन सके आजीवन जन्मदिनको सम्झना दिने भएकाले वृक्षारोपण गरेर जन्मदिन मनाईएको पत्रकार मिश्राले बताएका छन्।

आफ्नो जन्मदिनमा एक–एक बिरुवा रोप्नु पर्ने सन्देश समाजमा फैलाउनु सार्हैनै सकारात्मक कुरा हो। बिरुवा रोपेर मात्र नहुने यस्को संरक्षण पनि गरिनु त्यतीनै आवस्यकता रहेको उनको भनाई छ।

नेपाली समाजलाई सभ्यता अनुसार अगाडी बढाउन सत्कर्म आवश्यक रहेको बताउदै आयोजक संस्थाका अध्यक्ष तथा अभियानका संयोजक नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव गोबिन्द चौलागाईंले यो अभियानलाई देशका सम्पुर्ण भागमा पुर्याउनु पर्ने बताएका छन्।

राजधानी काठमाण्डौ स्थित केही दिन अघि सचिव चौलागाईंले आफ्नो जन्मदिनको अवसरमा एक कार्यक्रमको आयोजना गरी जन्मदिन लाई सत्कर्मबाट जोडौं अभियानको थालनी गरेका थिए।

उक्त अवसरमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, संसदीय शिक्षा तथा सुचना प्रबिधि समितिका सभापति यज्ञबहादुर थापा पूर्व मन्त्री डाक्टर बंशिधर मिश्र, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेल वरिष्ठ पत्रकार देबप्रकाश त्रिपाटी ,गोपाल छाङ्छा लगायत सहभागीहरुले आफ्नो जन्मदिन लाई सत्कर्म बाट जोड्न वृक्षारोपण गरेर मनाउने प्रतिवद्धता जनाउदै काठमाडौको तिनकुनेमा बृक्षारोपण गरेका थिए।
त्यसैगरी नेपाल सरकारका गृह सचिब एकनारायण अर्याल राष्ट्रिय कलाकार दिपाश्री निरौला ,केकि अधिकारी गायक युबराज चौलागाईं सुनिता दुलाल,  गायिका जुनु रिजाल, कुशल प्रशासक कुलमान घिसिङ वरिष्ठ मुटुरोग विशेषज्ञ ॐ मुर्ति अनिल काठमाडौ जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत लगायतका ब्याक्तित्वले काठमाडौ आराध्यदेब पशुपति नाथको मिर्गस्थली बनमा जन्मदिनलाई सतकर्ममा जोडौ भन्दै रौतहट बाट थालिएको अभियानलाई एक्यवद्धता जनाउदै रुद्राक्ष कपुर र चन्दनको बृक्ष रोपेका थिए।

आयोजक संस्थाका अध्यक्ष चौलागाईंका अनुसार अभियान सुरुभए यता रौतहट, नुवाकोट, काठमाडौं ,ललितपुर ,कंचनपुर लगायत देशको कैयौं स्थानमा सयौं मानिसहरूले आफ्नो जन्मदिनको अवसरमा वृक्षारोपण गरेर मनाएका छन्।

प्रकाशित मिति:May 1, 2024