नारायणी नदी किनारमा पाटेबाघको अस्थिपञ्जर फेला

  Sampatti News

April 8, 2021

राष्ट्रिय गैँडा गणनाका क्रममा नारायणी नदी किनारमा पाटेबाघको अस्थिपञ्जर फेला परेको छ । गैँडा गणनाका क्रममा आज दिउँसो चितवनको भरतपुर–१६ स्थित सेतीदेवी सामुदायिक वनमा पर्ने नारायणी नदी किनारमा पाटेबाघको अस्थिपञ्जर फेला परेको हो ।
पाटेबाघको अस्थिपञ्जर फेला परेपछि डिभिजन वन कार्यालयको टोलीले मुचुल्का उठाएर अस्थिपञ्जर लिएर आएको कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिनुभयो ।

प्रकाशित मिति:April 8, 2021