देशका सात जिल्लामा हात्तीपाइले रोग निवारणका लागि राष्ट्रिय आम औषधि सेवन अभियान सञ्चालन गर्ने

  Sampatti News Online

April 25, 2024


काठमाडौँ । सरकारले देशका सात जिल्लामा हात्तीपाइले रोग निवारणका लागि राष्ट्रिय आम औषधि सेवन अभियान सञ्चालन गर्ने भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बिहीबार पत्रकारसँग अन्तरक्रिया कार्यक्रम मार्फत आगामी १६ गतेदेखि सो अभियान सुरु गर्ने भएको हो । झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवा, र कपिलवस्तुमा औषधि खुवाइने छ ।
सात जिल्लाका १०१ स्थानीय तहमा ५० लाख ७८ हजार जनालाई हात्तीपाइलेको औषधि सेवन गराउने महाशाखाका प्रमुख डा. रुद्रप्रसाद मरासिनीले बताए ।
देशका ६३ जिल्लाबाट सुरु गरिएको यो अभियान ५३ जिल्लामा बन्द भएको छ ।

प्रकाशित मिति:April 25, 2024